धुम–४ मा दीपिका पादुकोण भिलेन
एजेन्सी । बलिउडमा चर्चित फिल्म हो – धुम । सन् २००४ मा सुरु भएको यो फिल्मको सीरीजले बक्स अफिसमा थुप्रै रेकर्ड तोडेको छ ।
धुम, धुम २, धुम ३ पछि धुम ४ को खबरले चर्चा पाइरहेको छ । फिल्ममा उदय चोपडा र अभिषेक बच्चनको भूमिका सधैँ रहने गर्छ । तर भिलेन को बन्दैछ ? भन्ने विषयमा सबैलाई चासो रहने गर्छ ।
यसको भिलेनको भूमिकामा शाहरुख खान र रणवीर सिंह जस्ता नामहरु चर्चामा आएको थियो तर भारतीय एक न्यूज पोर्टलका अनुसार अब यस भूमिकामा अभिनेत्री दीपिका पादुकोणलाई लिइएको छ ।
धुम –४ का लागि मेगा बजेट फिल्ममा दीपिका पादूकोण महिला भिलेनको रुपमा लिइनेछ ।
दीपिका उक्त फिल्ममा एक स्टाइलिश चोरको रुपमा देखिने बताइएको छ ।
धुमको पहिलो सीरिज सन् २००४ मा रिलीज भएको थियो जसमा भिलेनको भूमिकामा जोन अब्राहम थिए । त्यसपछि दुई वर्षपछि धुम २ आएको थियो जसमा ऋतिक रोशनलाई र ऐश्वर्या रायलाई कास्ट गरिएको थियो । जसको अर्को सीरिज धुम ३ लामो समयपछि आयो । जसमा आमिर खानले धुम मच्चाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिट खारेज
-
युक्रेन युद्धमा हताहतको संख्या २० लाख नाघ्यो
-
विमानस्थलबाट अमेरिका तस्करी हुन लागेको गहना सक्कली सुनचाँदीकै रहेको पुष्टि
-
सर्लाहीमा धारिलो हतियार प्रहार गरी हत्या गर्ने अभियुक्त पक्राउ
-
पेटमा क्यान्सर हुनुभन्दा अघि देखिन्छ यी ५ लक्षण
-
२५ करोड प्रकरण : केन्द्रीय कारागारबाट भागेका कुसाङ लामा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण