१२ फोटोमा हेर्नुहोस् हुम्लाको भारी हिमपात, जनजीवन कष्टकर (फोटोफिचर)
काठमाडौं । हुम्लामा भारी मात्रामा परेको हिमपातका कारण जनजीवन कष्टकर बनेको छ । हिजो दिउँसो १ बजेपछि पर्न थालेको हिउँका कारण सडक यातायात तथा हवाई सेवा प्रभावित भएको छ । हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटसँग हुम्लाको ६ वटा स्थानीय स्थानीय तहको सम्पर्कबिच्छेद भएको र यतिबेला माइनस ७ डिग्री तापक्रम रहेको हुम्लाबाट पत्रकार रेशमराज रोकायाले रातोपाटीलाई जानकारी दिए ।
हिमपातका कारण जिल्लाको घोडेटो बाटो, ७ किलोमिटर सवारीसाधान गुड्ने बाटो बन्द भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उड्ने हवाई सेवा बन्द भएको छ । सदरमुकाम सिमकोटमा रहेको विमानस्थलबाट ५ किलोमिटर मात्र भिजिबिलिटी रहेकोले हवाई उडान अवरुद्ध भएको रोकायाले जानकारी दिए ।
जिल्लाका सरकारी कार्यालय, संस्थानहरुमा काम ठप्प भएको छ भने चिसोको कारण बालबालिका तथा बृद्धहरुलाई समस्या भएको छ । यस्तै पशुचरनका लागि पनि समस्या भएको छ । हिमपातका कारण गहुँ, उवा, जौ लगायतका खाद्यबालीका लागि सिंचाई भएकाले किसानहरु भने हर्षित भएका छन् ।
तस्विरहरुः रेशमराज रोकाया











खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रिपब्लिकन सांसदले नै तोडे ट्रम्पको लाइन : युक्रेन सहायता र रुसमाथि प्रतिबन्धको विधेयक पारित
-
३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यक : सांसद न्यौपाने
-
वायु सेवा निगमको सञ्चालक समिति पदाधिकारी छनोट रोक्न सर्वोच्चको अन्तरिम आदेश
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
नियन्त्रणमा लिइएका विद्युतीय सवारी साधनबारे छानबिन गर्न समिति गठन
-
कर्णालीमा प्रतिपक्षले भन्यो, ‘नयाँ नीति तथा कार्यक्रम विगतकै कपी एन्ड पेस्ट’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण