साढे ३ सय प्रतिशतले बढ्यो जेनेरेटर आयात
काठमाडौं । पछिल्लो समय देशका विभिन्न ठाउँमा लोडशेडिङकै झल्को दिने गरी झ्याप्पझ्याप्प बिजुली काटिने समस्या बढ्दै गएको छ भने विद्युत्को विकल्पमा प्रयोग हुने जेनेरेटरको आयात पनि ह्वात्तै बढेको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार चालू आर्थिक वर्ष (आव) को पहिलो ५ महीनामा अघिल्लो वर्षको तुलनामा साढे ३ सय प्रतिशतले जेनेरेटरको आयात बढेको छ ।
चालू आवको पहिलो ५ महीनामा भन्सारबाट कुल ७०७ थान जेनेरेटर भित्रिएका छन् । अघिल्लो वर्ष १५४ थान मात्र जेनेरेटर भित्रिएको थियो । यो भनेको जेनेरेटर आयात अघिल्लो वर्षको भन्दा ३ सय ५९ प्रतिशतले बढी हो ।
यो अवधिमा ब्याट्रीको आयात पनि ७७ प्रतिशतले वृद्धि भएको छ । यद्यपि, इन्भर्टरको आयात भने घटेको देखिन्छ । अघिल्लो वर्ष इन्भर्टरको आयात ५६ थानबाट घटेर ५० थानमा पुगेकोमा यस वर्ष २९ थान मात्र इन्भर्टर आयात भएको विभागको तथ्यांकले देखाउँछ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्मा र काशीराम बजगाईले लेखेका छन् ।
विभागका महानिर्देशक सुमन दाहालले तथ्यांकअनुसार जेनेरेटरको आयात बढेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण