कस्तो होला कविताको डेब्यु फिल्म ?
काठमाडौं । अचेल कलाकारका सन्तान अभिनयमा देखिनु सामान्य भैसकेको छ । किनभने थुप्रै कलाकार सन्तान अभिनयमा भित्रिएका छन् । ति मध्य कतिले आफ्नो पहिचान बनाएका छन्, कति त्यसै हराएका छन् ।
यस्तैमा सदावहार अभिनेत्री करिष्मा मानन्धरकी छोरी कविता मानन्धर पनि अभिनयमा देखिदैछिन् फिल्म ‘एउटा यस्तो प्रेम कहानी’ मार्फत् । फिल्म माघ १ गतेबाट प्रर्दनशमा आउँदैछ ।
मङ्गलबार फिल्मको शीर्ष गीतसमेत सार्वजनिक भएको थियो । जसमा कविता र अभिनेता शक्ति श्रेष्ठको रोमान्स देख्न सकिन्थ्यो । कार्यक्रममा भने शिव श्रेष्ठबाहेकका कलाकार कोही पनि देखिएका थिएनन् ।
यो फिल्म अभिनय अगाडि करिष्मा आफैले निर्देशन गरेर कवितालाई डेब्यु गराउने बताएकी थिइन् । तर त्यो कुरो त्यतिकै सेलाएको थियो ।
हुन त अहिले कोरोनाको कहर छ । फिल्म हलमा दर्शक देखिएका छैनन् । यस्तो अवस्थामा पनि फिल्म रिलिज गरेर लगानीको जोखिम मोल्न तयार देखिएका छन् निर्माता समेत रहेका कलाकार शिव श्रेष्ठ ।
फिल्म रिलिजसँग लगानी मात्र होइन । डेब्यु कलाकारको भविष्य समेत जोडिएको हुन्छ । त्यसैले यो फिल्म कस्तो हुने हो भन्ने चिन्ता अहिले यसैबाट डेब्यु गर्न लागेकी कवितामा पनि छ ।
दिपेश सापकोटाको निर्देशन रहेको फिल्ममा प्रियंका कार्की, वर्षा राउत, आयुष्मान देशराज जोशी, संजोग कोइराला र नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको पनि मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण