बेलायतमा एकैदिनमा १०४१ को मृत्यु, ६२ हजारभन्दा बढी संक्रमित
लन्डन । बेलायतमा बुधबार एकै दिनमा एक हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा थप एक हजार ४१ जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ले जानकारी दिएको छ । यो संख्या गत अप्रिल पछिको सबैभन्दा बढी हो । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७७ हजार ६२४ पुगेको छ ।
यसैगरी कोरोना संक्रमितको संख्यामा पनि नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घन्टामा ६२ हजार ३२२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । बेलायतमा पछिल्लो एक हप्तासम्म लगातार पचास हजारभन्दा बढी संक्रमित थपिँदै आएका छन् । बेलायतमा कोरोना संक्रमितको संख्या २८ लाख ३६ हजार ८०१ पुगेको छ ।
अस्पताल भर्ना हुनेको संख्या पनि एकैदिन तीन हजार १७९ पुगेको छ भने हाल अस्पतालमा उपचार गराउनेको सनाकह्या तीस हजार नाघेको छ । यो संख्या पनि अहिलेसम्मकै सबैभन्दा बढी हो । संक्रमण दर तीव्र भएपछि हाल इंग्ल्याण्डमा देशव्यापी लकडाउन गरिएको छ । बेलायतमा नयाँ कोरोना भाइरस देखिएपछि संक्रमित दर नियन्त्रण भन्दा बाहिर गएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण