भेरी नदीमा बस खस्यो, एक जनाको मृत्यु
बिहीबार, २३ पुस २०७७, १६ : ०५
सुर्खेत । दाङबाट रिजर्भ लिन सल्यानको सल्लीबजार जाँदै गरेको बस भेरी नदीमा खसेको छ । कालिमाटी हुँदै बोटेचौरबाट सल्लीबजार जाँदै गरेको बस दिउँसो करिब २ः५० मा सुर्खेतको गुर्भाकोट नगरपालिका–९ गराले गौडाबाट भेरी नदीमा खसेको प्रहरीले जनाएको छ ।
जिल्ल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार नदीमा डुबेको बसबाट एक जनाको शव निकालिएको छ । अर्का एक जनालाई गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतमा सूचना अधिकारी तथा डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीको टोली दुर्घटनास्थलमा पुगिसकेको छ । उनका अनुसार बसमा कतिजना सवार थिए र बसको नम्बर कति हो भन्ने खुल्न सकेको छैन । तस्बिर- सौजन्य: मोटे ग्याङ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण