बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

जति हेरेपनि उत्कृष्ट लाग्ने इरफानका यी ५ फिल्म

बिहीबार, २३ पुस २०७७, १६ : ४९
बिहीबार, २३ पुस २०७७

एजेन्सी । आज ७ जनवरी । ईरफान खान हामीमाझ रहन्थें भने ५४ वर्षको हुने थिए । तर, गत अप्रिलमा क्यान्सरका कारण इरफानको असामयिक निधन भयो । उनले त्यस्ता शशक्त फिल्महरु छाडेर गएका छन्, जसले लामो समयसम्म उनको स्मरण गराउनेछ । फिल्म उत्कृष्ट होस् वा खराब, इरफानको अभिनय सधैं राम्रो हुन्थ्यों । त्यसैले उनी बलिउडमा मात्रै सीमित भएनन्, हलिउडमा पनि चर्चित बने । 

बलिउडमा केही त्यस्ता फिल्म छन्, जहाँ इरफानको उत्कृष्ट अभिनय देख्न सकिन्छ । विशाल भारद्धाज निर्देशित २००३ मा प्रदर्शनमा  आएको मकवुल त्यस्तै फिल्म हो । यो फिल्मले इरफानलाई त्यो उचाई दिलायो, जसको उनी हकदार थिए । यस फिल्ममा नसिरुद्दिन शाह, ओम पूरी, पंकज कपूर र तब्बूजस्ता उत्कृष्ट कलाकार पनि छन् । फिल्ममा इरफानले एक खतरनाक डनका लागि काम गर्छन् र त्यही डनकी श्रीमतीसँग प्रेममा हुन्छन् । ईरफान अभिनित पात्रका कैयन रंग थिए । जो अपराधी पनि हुन्, डनसँग तर्सन्छन् पनि, प्रेम पनि गर्छन् र उनको मनसाय पनि खतरनाक छ । 

तिमांशु धुलिया निर्देशिक पान सिंह तोमर २०१२ मा रिलिज भएको थियो । यस फिल्ममा इरफान एउटा त्यस्तो धावकको भूमिका छन्, जसले धेरै प्रतिस्पर्धा जित्छन् । तर, जिन्दगीको अनुभव उनका लागि यति खराब बन्छ कि उनी डाँकु बन्छन् । फिल्ममा अभिनय गर्न चाहने वा अभिनयका विद्यार्थीहरुले ईरफानको यो फिल्म हेरेर धेरै सिक्न सक्छन् ।

२०१३ मा रिलिज भएको ‘द लन्च बक्स’ एक त्यस्तो पात्रको कथा हो, जोसँग बोल्नका लागि केही पनि पनि छैन । यस्तो उदेकलाग्दो पात्रको भूमिकामा इरफान छन् । फिल्ममा उनको संवादभन्दा पनि हाउभाउ धेरै छ । आफ्नो निराश र उदेकलाग्दो हाउभाउमार्फत  उनले दर्शकलाई निकै प्रभावित बनाएका छन् ।   

२०१५ मा प्रदर्शनमा आएको पिकू अर्को सशक्त फिल्म हो । यहाँ अभिताभ बच्चन र इरफान खान एउटै फ्रेममा देखिएका छन् । उनीहरु दुबैले निकै सहजताका साथ आ–आफ्नो भूमिका निभाएका छन् । यस फिल्मको सुटिङताका अन्तिम दिनहरुमा इरफान यति भावूक भएका थिए कि उनले अमिताभ बच्चनलाई अंगालो हाले, अनि गालामै किस गरे । 

२०१७ मा रिलिज भएको हिन्दी मिडियममा इरफानले खुबै हसाउँछन् । कमेडीका लागि उट्पट्याङ अनुहार बनाउन, अनौठो मेकअप गर्न, दुई अर्थ लाग्ने संवाद बोल्न वा जोकरजस्तो कपडा लगाउन जरुरी छैन भन्ने उनले यस फिल्ममार्फत प्रमाणित गरेका छन् । उनको कमिक टाइमिङ निकै उत्कृष्ट छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप