चन्द्रागिरी हिल्सको सेयर आवेदन खुल्यो, केवलकार कम्पनीको पहिलो आईपीओ
शुक्रबार, २४ पुस २०७७, ११ : ००
काठमाडौं । चन्द्रागिरी हिल्सको आईपीओ आजदेखि खुला भएको छ । दोस्रो चरण अन्तर्गत सर्वसाधारणका लागि १५ करोड ३४ लाख ९ हजार १ सय रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९ सय १० कित्ता सेयरको बिक्री खुला भएको हो । यो र्आपीओको आवेदन मंगलबार बन्द हुनेछ । पहिलो चरण अन्तर्गत चन्द्रागिरीले यसअघि स्थानीयवासीका लागि चुक्ता पुँजीको २ प्रतिशत सेयर बिक्री गरिसकेको छ ।
यो आईपीओका लागि आवेदकले आफ्नो डिम्याट खातासँग जोडिएको बैंक खाताबाट यस्तो आवेदन दिन सक्नेछन् । आईपीओको मूल्य १ सय रुपैयाँ हुनेछ । सर्वसाधारण समूहका आवेदकले यो सेयर लक्की ड्रमार्फत् १० कित्ताका दरले प्राप्त गर्ने निश्चितजस्तै छ ।
यो आईपीओ नेपालमा केवलकार सेवा प्रदायकको रुपमा पहिलो आईपीओ हुनेछ । यो केबलकारमा ग्लोबल आईएमई समूह र त्यसअन्तर्गतका सदस्यहरुकै बहुसंख्यक लगानी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण