दशैं ‘सपिङ’ ले न्यूरोडको ब्यापार चकाचक (फोटोफिचर)
काठमाडौं– कुनै पनि बेला ब्यापार बढ्यो भने ब्यापारीहरुले दशैंमा जस्तो ब्यापार भन्ने गर्छन्, त्यसैले दशैंमा ब्यापार नहुने त कुरै भएन । दशैंक फूलपातिदेखि काठमाडौं झण्डै झण्डै रित्तो हुने गर्दछ ।
फूलपातीको अघिल्लो दिन मंगलबार राजधानीको प्रमुख ब्यापारी केन्द्र न्यूरोडमा झण्डै खुट्टा राख्ने ठाउँ समेत थिएन । ब्यापारीहरु सामान बिक्रिमा ब्यस्त थिए भने उपभोक्ताहरु दशैंका लागि नयाँ कपडाहरु किन्नमा ब्यस्त देखिए । बच्चा काखी च्यापरे आउने महिलादेखि वृद्धवृद्धाहरु पनि किनमेलमा ब्यस्त देखिन्थे ।
खाद्यान्य बाहेक जुनसुकै सामानका लागि पनि न्यूरोड महत्वपूर्ण मानिन्छ । न्यूरोडमा खासगरी राम्रा सामान पाइने बजारमा रुपमा पनि चिनिन्छ । दशैंका लागि बैंकमा पाइने नयाँ नोट पनि रातोपाटी टिम पुग्दा न्यूरोडमा सडक पेटीमै बसेर साटेको भेटियो ।
दशैंको अन्तिम बजार भएकैले होला, मंगलबार काठमाडौंका सडकमा पनि सवारी साधनको चाप कम थिएन ।
रातोपार्टी फोटो पत्रकार कृष्ण खड्काले दशैं किनमेलको ब्यस्त काठमाडौंलाई यसरी तस्विरमा उतारेका छन् ।
हेर्नुहोस्, दशैं किनमेलः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा भौतिक पूर्वाधार मन्त्रालयका लागि २५ अर्ब ६० करोड रुपैयाँ
-
कर्णालीमा कृषि मन्त्रालयको बजेट घट्यो: २ अर्ब ५२ करोड विनियोजन
-
गण्डकीले ल्यायो ३३ अर्बको बजेट, पुँजीगत शीर्षकमा ६० प्रतिशत
-
यस्ता छन् कर्णालीको बजेटका सिद्धान्त र प्राथमिकता
-
व्यवसायीको खुट्टा भाँचिदिने मन्त्रीको धम्की लोकतन्त्र विपरीत : सांसद बराल
-
राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण