सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा स्वास्थ्य तथा सामाजिक मन्त्रालयका लागि ९ अर्ब ६ करोड

सोमबार, ०१ असार २०८३, १७ : ३१
सोमबार, ०१ असार २०८३

सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड बजेट विनियोजन गरेको छ ।
  • सो बजेटले एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने र सडक मानवमुक्त प्रदेश निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिएको छ ।
  • मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडालाई ५१ करोड २८ लाख बजेट विनियोजन गरिएको छ ।

हेटौँडा ।  बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयका लागि ९ अर्ब ६ करोड बजेट विनियोजन गरिएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार उक्त बजेटले एक विद्यालय एक नर्स कार्यक्रम संचालन गर्ने, उक्त कार्यक्रम क्रमशः स्थानीय तहमा हस्तान्तरण गर्दै लगिने छ । 

प्रदेश सरकारले आगामी वर्षमा सडक मानवमुक्त प्रदेश निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको उनले बताए । निःशुल्क र अनिवार्य शिक्षा लागु गर्ने, आवासीय विद्यालयको व्यवस्थापनका आवश्यक बजेट विनियोजन गरिएको उनले बताए ।

प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडालाई गौरवको आयोजनाको रूपमा अघि बढाउन ५१ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको मन्त्री तामाङले बताए । प्रादेशिक अस्पतालहरूबाट प्रवीणता प्रमाण पत्र तहको नर्सिङ अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप