सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

राजेन्द्र राईले दोस्रो पटक स्थगित गराए प्रतिनिधिसभा बैठक

सोमबार, ०१ असार २०८३, १७ : ३४
सोमबार, ०१ असार २०८३

सारांश

  • बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु उपस्थित नभएपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
  • सांसद राजेन्द्र राईले सबै मन्त्री उपस्थित नभई नबोल्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् ।
  • यसअघि पनि अर्थमन्त्री अनुपस्थित हुँदा सांसद राईले बैठक स्थगित गराएका थिए ।

काठमाडौँ । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । बजेटको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्रालयका मन्त्रीहरु उपस्थित नभएपछि बैठक स्थगित भएको हो । 

आज ९ वटा मन्त्रालयको छलफलको कार्यसूची थियो । तर, छलफलमा सहभागी सांसदले सबै मन्त्री उपस्थित हुनैपर्ने अडान लिएपछि सभामुख डीपी अर्यालले बैठक स्थगित गरेका हुन् । 

छलफलमा सहभागी हुनका लागि सांसद राजेन्द्र राई रोस्टममा पुगेका थिए । तर, उनले सबै मन्त्री उपस्थित नभई नबोल्ने भनेपछि प्रतिनिधिसभा बैठक रोकिएको हो ।

यसअघि राईले बोल्दै गर्दा अर्थमन्त्री नभएपछि उनले नबोल्ने अडान लिएका थिए । सोही कारण त्यतिबेला पनि बैठक स्थगित भएको थियो । 

अहिले राईकै माग बमोजिम दोस्रो पटक बैठक स्थगित भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप