सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

बागमतीमा उद्योग पर्यटन र यातायात मन्त्रालयलाई ५ अर्ब ३७ करोड

सोमबार, ०१ असार २०८३, १७ : ०७
सोमबार, ०१ असार २०८३

सारांश

  • बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ ।
  • यस बजेटबाट यातायात कार्यालयको सेवा प्रवाह सुदृढ गर्ने, यातायात क्षेत्रलाई डिटाइजेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिनेछ ।
  • प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने छ ।

हेटौँडा । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षमा उद्योग पर्यटन तथा यातायात मन्त्रालयका लागि ५ अर्ब ३७ करोड बजेट विनियोजन गरेको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले संसदमा बजेट प्रस्तुत गर्दै उक्त बजेटबाट यातायात कार्यालयको सेवा प्रवाह सुदृढ गर्ने, यातायात क्षेत्रलाई डिटाइजेशन गर्ने लगायतका कार्यक्रम सञ्चालन गरिने बताए ।

उनका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षमा सङ्घीय सरकारसँगको समन्वयमा प्रदेशमा नै सवारी चालक अनुमति पत्र छपाइको काम अघि बढाउने छ । प्रदेश सरकारले चितवनको सौराहालाई बैठक सञ्चालन क्षेत्रको रूपमा विकास गर्ने बजेट वक्तव्यमा उल्लेख गरिएको छ ।

प्रदेशमा उद्योग क्षेत्रको विकासका लागि औद्योगिक ग्राम निर्माण तथा सञ्चालन गर्ने बजेट व्यवस्था गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप