ट्रम्प बाइडेनको सपथ समारोहमा सहभागी नहुने
एजेन्सी । अमेरिकाका निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको शपथ ग्रहण समारोहमा सहभागी नहुने भएका छन् । ट्रम्पले ट्वीटरमार्फत सफत समारोहमा सहभागी नहुने जानकारी दिएका छन् । बुधबार उनका समर्थकहरुले अमेरिकी संसद भवनमा आक्रमण गरेपछि सामाजिक सञ्जालमा ट्रम्पमाथि प्रतिबन्ध लगाइएको थियो । तर १२ घण्टापछि ट्वीटरले उनीमाथिको प्रतिबन्ध हटाएको छ भने फेसबुक, इन्स्टाग्राम लगायतले भने अनिश्चितकालिन प्रतिबन्ध जारी राखेका छन् ।
ट्वीटरले प्रतिबन्ध हटाएलगत्तै ट्रम्पले तत्काल एउटा भिडियो शेयर गरेका थिए । जसमा उनले मेलमिलापतिर संकेत गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण हुने जनाएका छन् । यस भिडियोमा उनले बुधबारको हिंसाको पनि निन्दा गरेका छन् । त्यसलगत्तै फेरि उनले आफ्नो पूरानो शैलीमा ट्वीट गरेर आफ्ना मतदाताहरुको पक्षमा बोलेका थिए ।
ट्वीटरमा ट्रम्पले भनेका थिए– ‘सात करोड ५० लाख महान अमेरिकी देशभक्त, जसले मलाई मतदान गरे र अमेरिकालाई फेरि महान बनाउन मतदान गरे । भविष्यमा उनको आवाज सुनिनेछ । उनीहरुमाथि अपमान वा भेदभाव गरिने छैन ।’ यसैबीच ह्वाइट हाउसका प्रवक्ताले ट्रम्पले बुधबारको हिंसामा मारिएका पुलिस अफिसरका परिवारप्रति समवेदना जनाएका छन् । प्रवक्ता जुड डिरेका अनुसार ट्रम्प र उनको प्रशासन मारिएका पुलिस अधिकारीका आफन्तहरुप्रति शोक व्यक्त गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व चयनकाे दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण