कक्षा ११ को पाठ्यक्रम टुंगो नलाग्दा अन्योल
नयाँ र पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने विषय टुंगो लाग्न नसक्दा यो वर्ष कक्षा ११ मा भर्ना भएका विद्यार्थीको पठनपाठन अझै सुरु हुन सकेको छैन। गत वर्ष पुसमा कक्षा ११ को कोर्स आधाभन्दा बढी पूरा भएर पनि आन्तरिक परीक्षाको तयारी भइरहेको थियो।
विगतका वर्षमा जस्तै यतिबेला परीक्षाका लागि चिन्तित हुनुपर्ने विद्यार्थी अहिले पाठ्यक्रम (नयाँ वा पुरानो) टुंगो नलाग्दा पढाइ कहिले सुरु हुने भनेर छटपटिनुपरेको छ।
सरकारको निर्णयबमोजिम यस वर्षदेखि कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम कार्यान्वयन गर्न/गराउन पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्ले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ पारित गर्नासाथ विवाद उत्पन्न भएको थियो। कक्षा १ मा खासै असर नपरे पनि कक्षा ११ को पाठ्यक्रमलाई लिएर भने विवाद उत्पन्न भएको हो। असोज २८ गते अभिभावक भगवता अर्यालले संविधानको अनुसूची ८ मा स्थानीय तहको एकल सूची तथा स्थानीय तहको अधिकार क्षेत्रमा केन्द्रले पाठ्यक्रम प्रारूप तयार पारी कार्यान्वयन गर्न दबाब दिएर हस्तक्षेप गरेको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले नयाँ पाठ्यक्रम हाललाई कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नू भनी आदेश दिएको थियो। पटकपटक गरी चारपटक पेसी चढ्दा पनि अन्तिम फैसला हुन सकेको छैन। अर्को पेसी यही पुस २७ गते तोकिएको छ।
पाठ्यक्रममा विवाद उत्पन्न हुनुको अर्को कारण गणित विषय हटाउनु पनि हो। ‘कोरोना कहरका कारण यस वर्ष कक्षा ११ को पठनपाठन असोजदेखि मात्र सुरु भएको हो,’ त्रिपुरेश्वरस्थित विश्वनिकेतन माविका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने, ‘सरकारले विज्ञानबाट गणित विषय हटाएपछि विवाद उत्पन्न भएको हो। जसका कारण कक्षा सञ्चालनको चार महिना हुँदासमेत नयाँ वा पुरानो कुन पाठ्यक्रमअनुसार विषयवस्तु पढाउने भन्ने अन्योल छ। नयाँ र पुरानो पाठ्यक्रमको विषयवस्तु पनि निकै फरक छन्। खै कसरी पढाउने ? विद्यार्थी र शिक्षक दुवै अन्योलमा छन्।’ एक त कोरोना संक्रमणको उच्च जोखिम, त्यसमाथि समयमै पढाइ थाल्ने वातावरण नहुनु, फेरि नयाँ वा पुरानो कुन पाठ्यक्रम लागु गर्ने भन्ने अन्योल हुँदा आधा शैक्षिक सत्र बित्नै लागिसकेकाले अब सरकारले छिटै निकास दिनुपर्ने शिक्षकहरूको माग छ। नागरिक दैनिकमा खबर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण