सोसल मिडिया ह्यान्डल सेयर भयो मौनी रोयको ग्ल्यामरस फोटोः डिलिट गर्दै भनियो, ‘यस्तो गल्तीले भएको थियो’
आइतबार, २६ पुस २०७७, १५ : ०२
शनिबार बेलुकी मौनी रोय तब अचानक चर्चामा आइन् जब नेशनल स्टक एक्सचेन्जले आफ्नो आधिकारिक सोसल मिडिया ह्यान्डलबाट उनका दुई ग्ल्यामरस फोटो सेयर गरिदिए । क्याप्सनमा .... जस्ता ह्यासट्याग लेखिएको थियो, ‘शनिबारको तापक्रम बढिरहेको छ । मौनी रोय निकै लोभलाग्दी देखिएकी छिन् ।’ यद्यपि, पछि यो पास्ट डिलिट गरियो ।
एनएसईले गल्तीका लागि माफी माग्योः
पोस्ट डिलिट गरेपछि नेशनल स्टक एक्सचेन्जले आफ्नो गल्तीका लागि खेद जताउँदै माफी मागेको छ । उनीहरुले लेखेका छन्, ‘आज १२ः२५ बजे एनएसईको ह्यान्डलबाट नचाहिँदो पोस्ट गरिएको थियो । यो एक मानवीय भूल थियो जुन एनएसईको अकाउन्टलाई ह्यान्डल गर्ने एजेन्सीले गरेको थियो । कुनै ह्याकिङ भएको होइन । असुविधाका लागि हामी आफ्ना फलोअर्ससँग माफी माग्छौं ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाली पेटमा बान्ता हुनुको के हो कारण ?
-
पुरानै शैलीमा बालेन सरकार : त्रिवि सेवा आयोगमा थापाको नियुक्ति विवादमा
-
अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा दुई प्रतिशतले घट्यो
-
सरकारका प्रवक्ता भन्छन्– एन्फालाई भ्रष्टाचारको अखडा र राजनीतिक भर्ती केन्द्र हुन दिँदैनौँ
-
पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक
-
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशकमा देवराज ढुङ्गाना नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण