बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

सोमबार, २७ पुस २०७७, २२ : ५६
सोमबार, २७ पुस २०७७

एजेन्सी । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ ।  कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् । 

यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिवन्धलाई थप दुई हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए । सरकारले प्रतिवन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागुगर्न लागेको पनि उनले बताए ।

राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेशिया प्रवेशका लागि प्रतिवन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेशिया प्रवेश नपाउने भएका छन् । 

इन्डोनेशियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पुरा गरेर इन्डोनेशियाली सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुको भनाइ छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप