सुनसान सिंहदरवारः मन्त्रीहरु सरकारभन्दा पार्टीको काममा व्यस्त !
उर्जा मन्त्रालयमा साताभन्दा धेरै भयो, मन्त्री पुगेकै छैनन् । सोमबार बेलुकी पोखरामा रहेका उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘के गर्नु ! विशिष्ट परिस्थिति छ, पार्टीको काममा पनि जुट्नैपर्यो, सरकारको काम पनि गर्नैप¥यो ।’ उनले अहिले आफूहरुको प्राथमिकता चुनावमा एक्लै दुई तिहाइ ल्याउने भएकाले त्यतैतिर केन्द्रीत भएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली गत चैतदेखि सिंहदरबारमा पाइला टेकेका छैनन् । उनको कार्यकक्षमा छिर्ने ढोका बाहिरैदेखि ड्याम्मै बन्द छ । उनको प्रतिकूल स्वास्थ्य अवस्थाका कारण पनि बालुवाटारमा हुने बैठकहरु सार्वजनिक बहसको विषय बनेका थिएनन् । तर पार्टी विभाजनपछि देखिएको अत्यधिक सक्रियताले भने सडकमा जान सक्ने ओली सिंहदरवार किन जान सकेनन् भन्ने प्रश्न उब्जाएको छ । प्रज्ञा भवन र पार्टी प्यालेससम्मका कार्यक्रममा ओलीले मञ्चमै उभिएर घण्टौँ भाषण गरे । यसले सरकारको काम कम र पार्टीको काममा बढी केन्द्रीत हनु नयाँ पुराना मन्त्रीलाई प्रोत्साहन गरेको छ ।
मन्त्रीहरुको जिज्ला आउजाउले पछिल्ला मन्त्रिपरिषद् बैठकहरुसमेत खालीखाली देखिन्छन् । आइतबार मन्त्रिपरिषद्को बैठकमा २२ मध्ये १२ जनामन्त्री सहभागी थिए । सिंहदरबारभित्रका सबै मन्त्रालयको चक्कर मार्दा दृश्य लगभग त्यस्तै देखियो । २२ मध्ये १४ जनाको कार्यकक्ष खाली थियो । तीनमध्ये २ राज्यमन्त्री आफ्नो च्याम्बरमा भेटिएनन् ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण