भारतबाट थप १५ मेगावाट विजुली
नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुरबाट थप १५ मेगावाट विद्युत् आयत गर्न अनुमति पाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरण (सीईए) ले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन प्राधिकरणलाई अनुमति दिएको थियो ।
यो अनुमतिसँगै आवश्यक परेको बेला टनकपुरबाट ८५ मेगावाटसम्म विद्युत् ल्याउन सकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार यसअघि प्राधिकरणले टनकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको थियो ।
प्राधिकरणको विज्ञप्ति अनुसार टनकपुरबाट खरिद गर्ने विद्युत्को प्रतियुनिट मूल्य ४.१४ भारतीय रुपैयाँ (६.६२ नेपाली रुपैयाँ) पर्छ ।
नेपालले महाकाली सन्धिअनुसार टनकपुरबाट वार्षिक ७ करोड युनिट (करिब १६ मेगावाट) विद्युत् निःशुल्क पाउँदै आएको छ भने बाँकी व्यापारिक मूल्यमा खरिद गर्दै आएको छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
-
शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि दरखास्त आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण