औषधि प्राधिकरण स्थापनाका लागि अपेक्षित उपलब्धि हुन सकेन
काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको संगठन संरचना परिमार्जन गर्ने कार्यक्रम अघि सारे पनि कार्यान्वयनमा सकस देखिएको छ । सरकारको नीति तथा कार्यक्रम २०७७(७८ मा राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण, सेन्टर फर डिजिज कन्ट्रोल र खाद्य तथा औषधि प्राधिकरण स्थापना गर्ने भनिए पनि हालसम्म अपेक्षित उपलब्धि हुन सकेको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एफडीए गठनका विषयमा सरकार सैद्धान्तिक स्वीकृतिका लागि कानुन मन्त्रालयमार्फत सहमति लिने प्रक्रियामा छ । यस्तै रोग नियन्त्रण केन्द्र र स्वास्थ्य संस्थान प्रत्याययन बोर्र्ड गठनसम्बन्धी कानुन प्रादेशिक रूपमा छलफल गरेर अन्तिम अवस्थामा पुगेको छ । तर ती संरचना परिमार्जन सन्दर्भमा नीतिगत तयारी, निर्देशिका, नियमावली, पूर्वाधारलगायतका काम प्रभावकारी तरिकाले अघि बढ्न सकेका छ्रैनन् ।
सरकारको नीति तथा कार्यक्रम २०७७÷७८ को ५७ नम्बर बुँदामा स्वास्थ्य संस्था र स्वास्थ्य सेवाको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न राष्ट्रिय स्वास्थ्य प्रत्यायन प्राधिकरण स्थापना गर्ने भनिएको छ । यस्तै रोगको रोकथाम तथा नियन्त्रणका लागि सेन्टर फर डिजिज कन्ट्रोल स्थापना गरिनेछ । औषधि, औजार तथा उपकरणसमेतको गुणस्तर मापन तथा प्रमाणीकरण गर्न फुड एन्ड ड्रग एडमिनिस्ट्रेसनको स्थापना गरिनेछ । यो समाचार आजको राजधानी दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
-
यस्तो छ आजदेखि कार्यान्वयन भएको सरकारको नयाँ कर नीति
-
पहिरो पन्छाइएपछि पृथ्वी राजमार्ग सञ्चालनमा
-
निजी अस्पतालमा उपचार गर्न जाँदा आजदेखि ३ प्रतिशत महँगो
-
विश्वका उत्कृष्ट ५ 'अन-टाइम पर्फर्मेन्स' विमान कम्पनीको सूचीमा एअर इन्डिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण