फिल्म ‘मास्टर’को बम्पर ओपनिङ, एकै दिनमा कमायो ४० करोड
मुम्बई । साउथ सुपरस्टार थलापति विजय र विजय सेतुपति अभिनित फिल्म ‘मास्टर’ बुधबार रिलिज भएको हो । फिल्मले सुरुवाती ब्यवसाय बम्पर गर्न सफल भएको छ । रिपोर्टकाअनुसार एक्सन थ्रिलर फिल्म ‘मास्टर’ले पहिलो दिन विश्वभरबाट ४० करोड रुपैयाँ कमाउन सफल मानिएको छ । कोरोना कालमा रिलिज भएको पुरै भारतको फिल्ममध्ये यसले भने बम्पर ओपनिङ गर्न सफल हुँदै पहिलो फिल्म बनेको छ ।
लोकेश कनागराजको निर्देशनमा बनेको फिल्म तमिल, तेलुगु र कन्नड भाषामा रिलिज भएको थियो । फिल्मको हिन्दी भर्सन बिहिबारबाट रिलिज भएको छ । फिल्मले तमिलनाडुमा मात्र २३ करोड कमाएको छ । केरला र कर्नाटकमा यसको आम्दानी ३, ३ करोड बढी बताइन्छ । तेलन्गाना र आन्ध्रा प्रदेशमा फिल्मले ४.५ करोड बढी कमाएको छ । देशका विभिन्न भागबाट १.५ करोड कमाएको छ । फिल्मले ओवरसिज मार्केटबाट पनि ४ करोड हात पारेको थियो ।
फिल्मको रिलिजपछि समीक्षक तरन आदर्शले लेखेका छन् ‘यो बक्स अफिसमा सुनामी हो । मास्टरको राम्रो सुरुवात भएको छ । दर्शक जे हेर्न चाहन्छन् । तपाई त्यति दिनुस् । उनीहरुले तपाइलाई कहिलै निरास पार्दैछन् ।’ फिल्ममा विजय, विजय सेतुपतिको अलवा मालविका मोहनन, शान्तनु भाग्यराज, अर्जुन दास, नसीरको मुख्य भूमिका रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण