शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

अनुभवी सीएमात्रै योग्य हुने गरी नियमावली बनाइँदै

शुक्रबार, ०२ माघ २०७७, ०८ : २५
शुक्रबार, ०२ माघ २०७७

नेपाल चार्टर्ड एकाउन्टेन्ट्ससंस्था (आईक्यान) परिषद्ले १५ वर्ष पुरा गरेका चार्टर्ड एकाउन्टेन्ट (सीए) ले मात्र उम्मेदवारी दिन पाउने गरी नियमावली परिवर्तन गर्ने एजेण्डा पारित गरेको छ । परिषद् बैठकले सोमबार आगामी १७ वैशाखमा हुने निर्वाचनलाई लक्ष्य गरी यस्तो निर्णय गरेको हो । 

पाँच वर्ष अघि यस्तै निर्णय गर्दै ५ वर्षे अनुभवबाट १० वर्षे हुनुपर्ने नियम बनाइएको थियो । 
पटक पटक नियम परिवर्तन गरिएको भन्दै केही सदस्यले असन्तुष्टि जनाएपनि सोमबारको बैठकमा अध्यक्ष मदन शर्माले एजेण्डा पारित भएको घोषणा गरेको खबर कान्तिपुर दैनिकमा छापिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप