वरुण धवनको वैवाहिक पार्टी ५ दिनसम्म चल्ने
यतिबेला अभिनेता वरुण धवन र नताशा दलालको विवाहको तयारी चलिरहेको छ । उनीहरुको परिवारले ५ दिनसम्म वैवाहिक समारोह मनाउने तयारी गरिरहेको छ । यसका लागि साथीभाई र परिवारका सदस्यहरुलाई अनलाइन निमन्त्रणा पनि पठाइसकिएको छ ।
टाइम्स अफ इन्डियामा प्रकाशित समाचारअनुसार विवाहको आयोजना २२ देखि २६ जनवरीसम्म अलिवागमा हुँदैछ । वरुण र नताशा बाल्यकालदेखि नै एकअर्कासँग परिचित छन् । यसअघि उनीहरुबीच जून २०१९ मा विवाह हुने चर्चा थियो । त्यसपछि २०२० मा विवाह हुने चर्चा चलेपनि कोरोनाका कारण रद्द भएको थियो ।
यद्यपी, अहिलेसम्म पनि वरुण धवन र नताशाले विवाहका विषयमा औपचारिक रुपमा बताएका छैनन् । उनीहरुले पञ्जावी शैलीमा विवाह गर्दैछन् । दुुईबीच २४ जनवरीमा विवाह हुने भएपनि त्यसको दुुई दिनअघिदेखि नै पार्टी सुरु हुनेछ र २६ जनवरीसम्म चल्नेछ ।
यसका लागि बलिउडका धेरै सेलिब्रेटीहरुलाई निम्तो पठाइसकिएको छ । वरुण धवन २०१० देखि नै फिल्म क्षेत्रमा सक्रिय छन् । पछिल्लो समय उनी ‘कुली नम्बर वान’ को रिमेकमा देखिएका थिए । अब उनी ‘जुग जुग जियो’ नामक फिल्ममा देखिदैंछन् । यस फिल्ममा उनीसँगै नीतू कपूर र अनिल कपूर पनि देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खामेनीको अन्त्येष्टिका क्रममा आक्रमण नगर्न अमेरिका र इजरायललाई इरानको चेतावनी
-
‘सहकारीका बचतकर्ताको पैसा फिर्ता गराउन सरकार निर्मम हुन्छ’
-
प्रहरीका ८ जना एआईजीको सरुवा, सीआईबीमा उमा चतुर्वेदी
-
सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ प्रतिनिधि सभाबाट पारित
-
व्यक्तिगत कारणले पाइलटले विमानलाई गगनचुम्बी भवनमा ठोक्काएको चीनको निष्कर्ष
-
बजेट संशोधनको माग गर्दै दोस्रो दिन पनि मधेस प्रदेशसभा अवरुद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण