दुब्लाउन पिउनुस् यी ३ पेयपदार्थ
एजेन्सी – आजभोलि मानिसमा खानपान गर्ने शैली परिवर्तन भएको छ । खानपानमा आएको परिवर्तनसँगै रोग लाग्ने सम्भावना पनि बढ्दै गएको पाइन्छ । खानेकुराका कारण तौल बढ्ने समस्याबाट पनि धेरैलाई सताएको पाइन्छ । साथै, तौल बढेसँगै मधुमेह, थाइराइड र उच्च रक्तचापको समस्याबाट पनि गुज्रिरहेका हुन्छन् । त्यसैले तौललाई सन्तुलनमा राखेर स्वस्थ र फिट हुन जरुरी छ ।
मेथीको पानी
तौल घटाउनका लागि सबैभन्दा पहिलो उपाय मेथीको पानी हो । हरेक रात सुत्नुभन्दा पहिले भिजाएको मेथीको पानी पिउनुपर्छ । यसले शरीरलाई फिट राख्न मद्दत गर्छ । र, पूरै शरीरलाई डिटोक्स पनि गराउँछ । यसका लागि एक गिलास पानीमा एक चम्चा मेथी ३ देखि ४ घण्टा भिजाउने र उक्त पानीलाई छानेर सुत्नुअघि पिउने गर्नुपर्छ ।
घिउकुमारीको जुस
घिउकुमारीको जुस थुप्रै प्रकारका रोगको औषधिको रुपमा लिइन्छ । यसले शरीरमा जम्मा भएका बोसोलाई सजिल्यै बाहिर निकाल्छ । यो बजारमा पनि सजिल्यै पाइन्छ । घरमा पनि घिउकुमारीको विरुवा सजिल्यै उमार्न सकिन्छ । घिउकुमारीको पातलाई काटेर भित्रको भाग निकाल्ने र एक गिलास पानीमा मिलाएर सुत्नुअघि पिउने गर्नुपर्छ ।
बेसार दुध
दुधमा बेसार मिसाएर पिउँदा विभिन्न प्रकारका भाइरल र इन्फेक्शनबाट बचाउँछ । साथै, यसले तौल कम गराउँछ । बेसारमा एन्टिअक्सिडेन्ट हुन्छ जसले शरीरलाई सफा गर्छ । र दुधले तौल नियन्त्रण गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण
-
उपेन्द्र यादव र अशोक राईबिच कार्यकर्ता तानातान
-
सुनिल शर्माको निःशुल्क स्वास्थ्य शिविरप्रति नेता चन्द्र भण्डारीको पोस्टले उब्जाएका प्रश्नहरू
-
प्रजनन केन्द्रमा हुर्काइएका एक सय ५ घडियाल नारायणीमा छाडियो
-
एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्यूरो बैठक आज
-
यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना