अभिनेत्री करिश्माको बाबुरामलाई प्रश्न– यहि हो नेपालीले पाएको गणतन्त्र !
काठमाडौं । एक समय अभिनेत्री करिश्मा मानन्धर पूर्व प्रधानमन्त्री बाबुराम भट्टराइले नेतृत्व गरेको नयाँ शक्ति पार्टीको केन्द्रीय सदस्यमा थिइन् । त्यतिबेला उनको बाबुरामप्रति निकै भरोसा पनि थियो । त्यसैले पनि नयाँ शक्तिको घोषणा कार्यक्रममा आफैले संचालन गरेकी थिइन् ।
घोषणा कार्यक्रममा बोलेको टुटेफुटेको अंग्रेजीको कारण करिश्मा आलोचित मात्र भइन् । ‘ट्रोल’ समेत बनिन् । तर पनि करिस्माले बाबुरामको पार्टी छोडिन् । बाबुरामको नयाँ शक्तिपार्टी बिभिन्न मधेदवासी दलहरुसँग मिलेर अहिले जनता समाजवादी पार्टी भएको छ । करिश्माले सक्रिय राजनीतिमा नलाग्ने निर्णय गरिसकेकी छन् । राजनीतिमा सक्रिय नलाग्ने निर्णय गरेपनि राजनीतिक घटनाक्रम उनले उनले टिकाटिप्पणी गर्न छोडेकी छैनन् ।
यस्तैमा उनले डा.बाबुराम भट्टराई माथि प्रहार गरेकी छन् । बाबुरामले राखेको एक पोष्ट सेयर गर्दै उनले उनको बिचारको विरोध समेत गरेकी छन् । ‘तपाई जस्तो पढे लेखेको, राजनीति गर्ने मानिसको उर्जा अर्काे पार्टीको बिरोधमा मात्र सिमित भएको देख्दा दुःख लाग्छ डा.साब !’ उनले अगाडि लेखेकी छन् ‘यहि हो नेपालीले पाएको गणतन्त्र !’ करिश्माले राजनीतिक संस्कारको कुरा गर्दै देश विकास कहिले हुने भनेर बाबुरामलाई प्रश्न समेत गरेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा बल्ल बस्यो एमाले संसदीय दलको बैठक, के गर्लान् मुख्यमन्त्री ?
-
काँकडभिट्टा–लौकही सडक विस्तार तीव्र : पूर्वी खण्डमा कालोपत्रे गर्ने कार्य धमाधम
-
बागमती सफाइ महाअभियान ६८९औँ हप्तामा प्रवेश
-
नेपाली कला र संस्कृति झल्काउन क्यानडामा ‘नेपाल फेस्टिभल’
-
हुथी विद्रोहीद्वारा साउदी अरेबियामा आक्रमण
-
स्तनपान गराउने आमाको सङ्ख्या घट्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण