दीपेन्द्रको ‘चिसो मान्छे’ फागुनबाट फ्लोरमा
काठमाडौं । दीपेन्द्र के. खनालको निर्देशन रहने फिल्म ‘चिसो मान्छे’को सुटिङ फागुनबाट सुरु हुने भएको छ । निर्देशक खनालले फिल्मको सुटिङ फागुनको पहिलो साताबाट सुरु हुने जानकारी दिए ।
‘फिल्मको लेखन कार्य सकिएको छ । अब सुटिङको लागि तयारी गर्दैछु,’ निर्देशक खनालले भने ‘फागुनको पहिलो साताबाट फिल्म छायाँकनमा निस्कने तयारी भइरहेको छ ।’
अभिनेता अर्पण थापा र अभिनेत्री स्वस्तिमा खड्काको मुख्य भूमिका रहने फिल्म ‘चिसो मान्छे’ शर्मिला पाण्डेले निर्माण गर्न लागेकी हुन् । मानिसहरुमा देखिएको नैराश्यताको कथामा बन्न लागेको फिल्मको लेखन निर्देशक खनाल आफैले गरेका छन् ।
फिल्मको छायाँकनसमेत निर्देशन दीपेन्द्र आफैंले गर्दैछन् । यस अगाडिको सुपरहिट फिल्म ‘आमा’मा पनि दीपेन्द्रकै छायाँकन निर्देशन रहेको थियो ।
२०७८ साल भदौ ११ गते प्रदर्शन मिति तोकिएको फिल्मको छायाँकन सुदूरपश्चिमका विभिन्न ठाउँमा हुने बताइएको छ । फिल्मको अन्य कलाकार र प्रविधिको सम्पूर्ण विवरण छायाँकन पहिले आयोजना हुने शुभमुर्हूत कार्यक्रममा सार्वजनिक गरिने निर्देशक खनालले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण