बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रत्नपार्कको विरोधसभामा र्‍यालीसहित पुगे प्रचण्ड-माधव पक्षका शीर्ष नेताहरु (फोटोफिचर)

शुक्रबार, ०९ माघ २०७७, १३ : २८
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपा (प्रचण्ड–माधव समूह) को  काठमाडौंमा शक्ति प्रदर्शन सुरु भएको छ ।   विभिन्न स्थानबाट रत्नपार्कमा भेला भएर जुलुस बागबजार, पुतलीसडक, पद्मोदय मोड हुँदै भृकुटीमण्डपमा गएर सभामा परिणत हुनेछ ।

आजको जुलुसमा नेकपा शीर्ष नेता पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल , झलनाथ खनाल जुलुसको अग्रपंक्तिमा छन् । भृकुटीमण्डमा हुने सभामा प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । शीर्ष नेताहरु र्यालीसहित कार्यक्रमस्थलमा पुगिसकेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप