बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कालो साडीमा हट निया, युजर्सले भने- कोही दमकल बोलाओ

शुक्रबार, १६ माघ २०७७, १२ : ५९
शुक्रबार, १६ माघ २०७७

मुम्बई । अभिनेत्री निया शर्मा सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । उनी फ्यानका साथ नयाँ तस्बिर तथा भिडियो शेयर समेत गरिरहन्छिन् । हालै उनले साडीमा नयाँ तस्बिर शेयर गरेकी छन् । जसको राम्रो चर्चा भइरहेको छ । तस्बिरमा उनी कालो रंगको सारीमा देखिएकी छन् । नर्मल मेकअप र खुल्ला हेयर स्टाइल उनको तस्बिरमा देख्न सकिन्छ । तस्बिरमा उनी निकै हट देखिएकी छन् । 

फ्यानले अभिनेत्रीको यो लुक्सको निकै तारिफ गरेका छन् । कतिले कमेन्ट पनि ठोकेका छन् । कमेन्टमा एउटा युजरले लेखेका छन् ‘तपाईले माहोल जमाउनु भयो ।’ अर्का एक युजरले लखेका छन् ‘कयामत’ । त्यस्तै एक युजरले लेखेका छन्, ‘कोही दमकल बोलाओ ।’ 

कामको कुरा गर्ने हो भने उनी छिट्टै ‘जमाई राजा २.०’ मा देखिदैछिन् । फिल्ममा उनको जोडी रवि दुबे रहेका छन् । फिल्मको टिजर समेत रिलिज भएको छ । फिल्ममा रवि र नियाको बिच निकै बोल्ड दृश्य समेत रहेको बताइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप