ओलीको कदमले मुलुक गृहयुद्धतिर धकेलिँदैछः योगेश भट्टराई
शुक्रबार, १६ माघ २०७७, १५ : ३०
विराटनगर । नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् । शुक्रबार मोरङको विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता भट्टराईले ओलीको कदमले मुलुक गृहयुद्ध र द्वन्द्वतिर धकेलिन लागेको बताएका हुन् ।
‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईको भनाई छ । उनले नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प नभएको बताए । उनले ओलीले घुडा टेक्ने दिन धेरै टाढा नरहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?