शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

फुटबल खेलाडी लामाको कतारमा सफलतापूर्वक शल्यक्रिया

बुधबार, २१ माघ २०७७, ११ : ०३
बुधबार, २१ माघ २०७७

नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर विक्रम लामाको कतारमा खुट्टाको सफलतापूवर्क शल्यक्रिया गरिएको छ ।

लामो समयदेखि दायाँ खुट्टामा चोट बोकेका लामालाई गत साता उपचारका लागि कतार लगिएको थियो । खुट्टामा राखिएको सपोर्ट निकालेर लामाको शल्यक्रिया गरिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । शल्यक्रियापछि उनको अवस्था सामान्य रहेको छ । लामाको केही दिनमै फिजियोथेरापी गरिने छ ।

घुँडामा चोट लागेका अर्का फुटबल खेलाडी विमल घर्तीमगरको भने शल्यक्रिया गर्न समय लाग्ने एन्फाले जनाएको छ । मगरलाई पनि उपचारका लागि एन्फाले गत साता कतार पठाएको थियो । उनी  प्रशिक्षणका क्रममा घाइते भएका थिए । एन्फाले कतार फुटबल सङ्घसित समन्वय गरेर दुवै खेलाडीलाई उपचारका लागि कतार पठाएको हो । लामा थ्री स्टार क्लबका कप्तानसमेत हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप