विकास बजेट काटेर निर्वाचनको खर्च जुटाउँदै सरकार
शुक्रबार, २३ माघ २०७७, ०७ : १६
आउँदो वैशाख १७ र २७ गतेको निर्वाचनका लागि सरकारले विकास बजेट कटौती गरेर निर्वाचनको खर्च जुटाउने तयारी अघि बढाएको छ ।
निर्वाचनका लागि आयोगले ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ सरकारसमक्ष प्रस्ताव गरेपछि अर्थमन्त्रालयले विनियोजित भएर खर्च नभएका विभिन्न आयोजनाहरुको खर्च काटेर निर्वाचन खर्च जुटाउन गृहकार्य थालेको हो ।
हालै राजधानीमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै अर्थमन्त्री विष्णु पौडेलले जसरी पनि चुनावी खर्च सरकारले जुटाउने बताएका थिए । सामान्यतया सार्वजनिक निकायले विकास बजेट कटौती गरेर चालू खर्च जुटाउने गरी रकमान्तर गर्न पाउँदैन । प्रतिनिधिसभा विघटनपछि निर्वाचन घोषणा गरेलगत्तै अर्बौं खर्च जुटाउनुपर्ने अनपेक्षित चाप सरकारलाई परेको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुर्घटना गराई घाइतेलाई सडकमा फालेर फरार भएका भारतीय नागरिक पक्राउ
-
‘ध्रुवेको आतङ्क कहिलेसम्म ?’
-
मिटरब्याज पीडित र सरकारी टोलीबिच भोलि निर्णायक छलफल हुने
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण