बैतडीमा आफ्नै बाबुले हानेको गोली लागेर छोरीको मृत्यु
शनिबार, २४ माघ २०७७, २० : २२
काठमाडौँ । आफ्नै बाबुले हानेको गोली लागेर एक युवतीको मृत्यु भएको छ । गोली लागेर २० वर्षीया बेलमती महरा (धामी)को मृत्यु भएको छ ।
बैतडीको पुर्चौडी नगरपालिका–१० विजयपुरका ६५ बर्षिया धनबहादुर महराले आफ्नै छोरीमाथि गोली प्रहार गरेका हुन् ।
महराले आफ्नै विवाहित छोरीमाथि गोली प्रहार गरी जंगलतिर भागेको प्रत्यक्षदर्शीको भनाई छ ।
प्रहरीका अनुसार बेलमतीको घटनास्थलमा नै मृत्यु भएको हो ।
घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक (डिएसपी) नारायणप्रसाद अधिकारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण