महाबु गाउँपालिकाकाका नागरिकलाई टेलिमेडिसियनद्वारा विशेषज्ञ सेवा
सुर्खेत । दैलेखको महाबु गाउँपालिकाका नागरिकले सहजै विशेषज्ञ सहित स्वास्थ्य सेवा पाउने भएका छन् । प्रदेश अस्पताल कालागाउँ सुर्खेत र गाउँपालिकाबीच टेलिमेडिसियन सेवा जोडिएपछि महाबुका नागरिकले विशेषज्ञसहितको स्वास्थ्य सेवा पाउने भएका हुन् ।
गाउँपालिकामा १० शैय्या अस्पताल सञ्चालनको तयारी भैरहेको अवस्थामा चिकित्सकका लागि दरखास्त नपरेपछि प्रदेश अस्पतालमा कार्यरत बालरोग विशेषज्ञ डाक्टर नवराज केसीको पहलमा टेलिमेडिसियन सुचारु गरिएको हो ।
शनिबार स्वास्थ्य चौकी रानिवन एवंम् प्रस्तावित महाबु अस्पतालमा उक्त टेलिमेडिसियन सेवाको उद्घाटन गर्दै डाक्टर केसीले स्वास्थ्य सेवाका पँहुच कम भएका ग्रामिण क्षेत्रका लागि नागरिकका लागि टेलिमेडिसियन सेवा प्रभावकारी हुने भन्दै महाबुका लागि समेत उक्त सेवा सुचारु गरिएको बताए ।
गाउँपालिकाका नागरिकलाई स्वास्थ्य समस्या परेको अवस्थामा पालिकाकै रानिवन स्वास्थ्य चौकी गैडाबाजबाट प्रदेश अस्पताल सुर्खेतमा भिडियो कुराकानीमार्फत विरामीले सिधै सम्बन्धित रोग विशेषज्ञसँग स्वास्थ्य चेकजाँच गर्न पाउने छन् भने डाक्टरको सल्लाह बमोजिमको उपचार स्वास्थ्य चौकीमै गरिने छ ।
टेलिमेडिसियनका माध्यमबाट नागरिकले प्रदेश अस्पताल सुर्खेतमा पाउने विशेषज्ञ सेवा गाउँपालिकाबाट लिन सकिने डाक्टर केसीको भनाई छ । उनका अनुसार कर्णालीका विभिन्न स्थानमा टेलिमेडिसियन सेवा सुचारु भैरहेको छ ।
नागरिकको स्वास्थ्य सुरक्षा गर्न कठिनाई भैरहेको अवस्थामा टेलिमेडिसियन सेवा सुचारु गरि विशेषज्ञ सेवा उपलब्ध गराउन पाएकोप्रति महाबु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाहीले खुशी व्यक्त गरे ।
उनले अस्पताल सञ्चालनको अन्तिम तयारी भैरहेको जानकारी दिदैं टेलिमेडिसियन सेवालाई प्रभावकारी बनाउन आवश्यक उपकरणको तत्कालै व्यवस्थापन गरिने प्रतिबद्धता जनाए ।
‘नागरिकको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता हो । गाउँपालिकाको तर्फबाट जुनसुकै पहल गर्न हामी तयार छौं,’ अध्यक्ष शाहीले भने, ‘टेलिमेडिसियनका लागि आवश्यक उपकरण र इन्टरनेट सेवालाई थप प्रभावकारी बनाई सहज स्वास्थ्य उपचार उपलब्ध गराइने छ ।’
शनिबार नै रानिवन स्वास्थ्य चौकीबाट टेलिमेडिसियनमार्फत पाँच जनाले विशेषज्ञ सेवा लिएका छन् । जसमध्ये महाबु गाउँपालिका–४ का ७७ वर्षीय वृद्ध नन्द सुनारले सेवा लिएका हुन् ।
साथै प्रस्तावित महाबु अस्पताल सञ्चालनका लागि दरखास्त नपरेको अवस्थामा आगामी केहीदिनमै चिकित्सक उपलब्ध हुने जनाइएको छ ।
यसअघि ‘डाक्टरको दरखास्त नपरेपछि दैलेखको महाबुमा अस्पताल सञ्चालन अन्योलमा !’ शीर्षकमा समाचार प्रकाशित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्ट्रेट अफ होर्मुजमा चल्ने जहाजमा भारतीय नाविक नखटाउन भारत सरकारको निर्देशन
-
नेकपासँग बागमती सरकारबारे एमालेको ‘वाम गठबन्धन’ को प्रस्ताव
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण