जग्गा नामसारी प्रकरणमा १९ जना विरुद्ध मुद्दा
वास्तविक जग्गाधनीलाई पत्तै नदिइ अर्काको नाममा जग्गा नामसारी गरेको अभियोगमा १९ जनाविरुद्ध सुर्खेत जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३२ अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ का सौगात रावतको जाहेरीमा अभियोग पत्र दायर भएको हो ।
जग्गा नामसारी गराउने कार्यमा संलग्न भएको आरोपमा तत्कालीन मालपोत कार्यालय प्रमुख (हाल मालपोत कार्यालय कलंकीमा कार्यरत) लक्ष्मी खत्री, मालपोत कार्यालय हुम्लामा कार्यरत कमला सापकोटा, चिंगाड गाउँपालिका कार्यालय सुर्खेतमा कार्यरत कृष्ण थापा, मालपोत कार्यालय सुर्खेतमा कार्यरत तिर्थ बहादुर महतारा, नापी कार्यालय सुर्खेतमा कार्यरत कार्यालय प्रमुख राजेन्द्र थापा, भिमलाल आचार्य, दिपेन्द्र पुलामीविरुद्व मुद्दा दायर भएको हो ।
यसैगरि वीरेन्द्रनगर–१३ गुप्तिपुरका ३० वर्षीय सुनिल राना, वीरेन्द्रनगर–१२ नेवारेका ३३ वर्षीय उत्तम अधिकारी, चनौटेका ५० वर्षीय राम कुमार दर्लामी, वीरेन्द्रनगर–११ धुलियाविटका ३४ वर्षीय दिपेन्द्र श्रेष्ठविरुद्व मुद्दा दायर गरिएको छ।
वीरेन्द्रनगर–२ बांगेसिमलका ६८ वर्षीय सहविर कार्की, वीरेन्द्रनगर–४ का ५७ वर्षीय नारायण बहादुर बुढाक्षेत्री, चिंगाड गाउँपालिका–५ भर भइ हाल वीरेन्द्रनगर–१ गैरी बस्ने २५ वर्षीय चाँदनी वली, वीरेन्द्रनगर–११ पिपिरा बस्ने ३१ वर्षीय विश्वरुप सावत, वीरेन्द्रनगर–६ गणेशचोक बस्ने अम्मर सिंह कटुवाल, वीरेन्द्रनगर–२ बस्ने गोरख बहादुर बुढा भन्ने गणेश बुढा, वीरेन्द्रनगर–५ बस्ने निर्मल पुरी, वीरेन्द्रनगर–२ बस्ने सन्तोष ठाकुरविरुद्ध मुद्दा दायर भएको जनाइएको छ ।
मुद्दा दायर भएका १९ जनामध्ये १३ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ भने बाँकी ६ जना फरार रहेका छन् ।
कुनैपनि अभियोगको जाँचबुझ गर्नुपरेमा जाँचबुझ समाप्त नहुन्जेलसम्म उक्त कर्मचारीलाई सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन गर्न सक्ने निजामति सेवा ऐनमा स्पष्ट उल्लेख भएपनि जग्गा नामसारी गराउन संलग्न भएको अभियोगमा मुद्दा दायर भैसक्दा पनि ती कर्मचारीहरू निलम्बन भएका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारलाई दीर्घकालीन महत्त्वका विषयमा निर्णय नगर्न नेकपाको सुझाव
-
सर्वोच्चको आदेशसँगै सम्पत्ति छानबिन आयोगका सबै कामकारबाही स्थगित
-
एमालेको सदस्यता नवीकरण करिब ४० प्रतिशत मात्र
-
अन्य प्रदेशको विवाद गण्डकीमा ल्याउनु हुँदैन: देवका पहारी
-
मधेस प्रदेश सरकारबारे केन्द्रको निर्देशन पर्खिंदै कांग्रेस–एमाले
-
काम गर्न यही सरकार सक्षम छ, फेर्न लागे सङ्घीयता बदनाम हुन्छः पञ्चराम गुरुङ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण