घरमा यी कुराले ल्याउँछ वास्तु दोष, नगर्नुहोस् यस्ता गल्ती
वास्तुशास्त्रलाई असाध्यै मान्यता दिइन्छ । धेरै मानिसहरु आजकाल वास्तुशास्त्रमा विश्वास गर्न थालेका पनि छन् । हुन त यसमा कुनै वैज्ञानिक आधार त छैन तर मानिसहरुको यसप्रतिको विश्वास निकै बढेको छ । वास्तुशास्त्रले घरमा कस्ता सामान राख्ने, कस्ता नराख्ने, के ले वास्तु दोष निम्त्याउँछ र यसले कस्ता समस्या निम्त्याउँछ भन्ने जानकारी दिन्छ । आउनुहोस्, आज यसै सम्बन्धि केही जानकारी लिऔं ।
घरमा यी कुराहरुलाई ध्यान दिनुहोस्ः
घरका भित्ताहरु चर्किएका छन् भने यसले घरका सदस्यमा रोग निम्त्याउँछ । चर्किनुका साथै यदि प्लास्टर वा रङ खराब भएका छन् भने पनि यस्तै हुन्छ । यस्तोमा भित्तालाई सधैं ठिक अवस्थामा राख्नुहोस् ।
यदि तपाईंले भान्सा कोठामा पूजा घर बनाउनुभएको छ भने यो राम्रो मानिँदैन । यसो गर्दा घरका सदस्यबीच प्रेम कम हुन्छ । साथै धनको कमी पनि हुन थाल्छ ।
यदि घरमा माकुराको जालो बनेको छ भने यो यसले घरमा समस्या निम्त्याउँछ ।
यदि घरमा फुटेको सिसा छ भने त्यसलाई तत्काल घरबाट निकाल्नुहोस् । यसले घरमा नकारात्मक ऊर्जा पैदा गर्छ ।
घरमा वा छतमा यदि काम नलाग्ने सामान जम्मा भएका छन् भने यसलाई घरबाट निकालिदिनुहोस् । साथै घरमा ओइलिएका फूल पनि नराख्नुहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
-
१२ बजे १२ समाचार: लचकता देखाउँदै प्रधानमन्त्री, टोपबहादुर र बालकृष्णको राजनीतिमा लाग्न सक्छ ‘ब्रेक’
-
कास्कीमा भारी वर्षा, अन्यत्रको यस्तो छ विवरण
-
सिस्नेरी–खवाङमा विद्युतीकरण योजना अलपत्र
-
गोठमा लुकाएर राखिएको ४ थान सालको गोलिया बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण