घटेको घट्यै विदेशी लगानी, तीन कारण जिम्मेवार
कोरोनाको कारण विश्वव्यापी रुपमा विदेशी लगानी प्रभावित भइरहेका बेला नेपालमा पनि त्यसको असर देखिएको छ । चालु आर्थिक वर्षका ६ महिनामध्ये पाँच महिनामा लगातार प्रत्यक्ष विदेशी लगानी (एफडीआई) घटेपछि यसलाई कोरोनाको प्रभावको रुपमा हेरिएको छ ।
गत पुससम्म मुलुकमा ७ खर्ब ६६ अर्ब रुपैयाँ विदेशी लगानी भित्रिएको छ । गत आर्थिक वर्ष सोही अवधिको तुलनामा यो करिब ३७ प्रतिशतले घटेको हो ।
२०७६ पुससम्म यस्तो लगानी १२ अर्ब २० करोड रुपैयाँ थियो । अहिले खासगरी तीन कारणले विदेशी लगानी घटिरहेको राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए ।
पहिलो कोभिड–१९ का कारण विश्वव्यापीरुपमा विदेशी लगानी घटिरहेकाले नेपालमा पनि त्यसको असर देखिएको हो । दोस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५’ लगानीकर्ताको अपेक्षाविपरीत (अनुदार) आएकाले धेरै विदेशी लागनी आउन नसकेको हो । तेस्रो, विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ मा विदेशी लागनीको सीमा ५० लाख रुपैयाँबाट बढाएर न्यूनतम ५ करोड रुपैयाँ पुर्याइएको छ ।
आजको कान्तिपुर दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण