बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खोप ल्याउन तीन कम्पनीले दिए निवेदन

बुधबार, २८ माघ २०७७, ०५ : ५६
बुधबार, २८ माघ २०७७

कोरोना भाइरस संक्रमणविरुद्ध खोप ल्याउन हालसम्म तीन वटा कम्पनीले औषधि व्यवस्था विभागमा निवेदन दर्ता गराएका छन् । एउटा कम्पनी भने निवेदन दर्ताको प्रक्रियामा छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप, भारतस्थित बायोटेक कम्पनीको कोभ्याक्सिन र रुसले उत्पादन गरेको स्पुतानिक भीका लागि निवेदन दर्ता भइसकेको छ । चिनियाँ कम्पनीको सिनोफमले भने दर्ताका लागि प्रक्रिया अघि बढाएको छ ।

अक्सफोर्ड एस्ट्राजेनिका र भारतीय खोप उत्पादक कम्पनी सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोपले अनुमति पाइसकेको छ । सो खोप भारत सरकारले नेपाल सरकारलाई उपहारस्वरूप १० लाख मात्रा उपलब्ध गराएको थियो । राजधानी दैनिकमा खबर छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप