ललिता निवास जग्गा प्रकरणका मुख्य अभियुक्त ढकाललाई थुनामा पठाउने आदेश
बिहीबार, २९ माघ २०७७, ०६ : १५
विशेष अदालतले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको घटनाका मुख्य अभियुक्त शोभाकान्त ढकाललाई थुनामा पठाउन आदेश दिएको छ ।
बुधबार न्यायाधीशहहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ढकालविरूद्ध ३९ करोड २८ लाख बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो । ढकालकी पत्नी उमाकुमारीलाई विशेष अदालतले धरौटीमा रिहा गरेको छ ।
यसअघि यही मुद्दामा जोडिएका अख्तियारका पूर्व प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश विशेषले गरेको थियो ।
आजको राजधानी दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
-
प्रादेशिक व्यापार व्यवसाय ऐन संशोधन गर्ने विधेयक दर्ता गर्न स्वीकृत प्रदान
-
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा वन्यजन्तु प्रभावित परिवारलाई १ करोड १० लाख रुपैयाँभन्दा बढी राहत वितरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण