विद्यार्थीलाई बस्न बेन्चको अभाव : सिट पाउन तीन घण्टा अगाडि गेटमा लाइन
महागढीमाई नगरपालिका–१०, गञ्जभवानीपुरमा रहेको भोला माध्यमिक विद्यालयमा कक्षाकोठा तथा शिक्षकको अभाव छ । विद्यार्थीलाई बसेर पढ्नका लागि आवश्यकता अनुसारको कक्षाकोठा तथा शिक्षकको व्यवस्था नहुँदा पठनपाठन नै प्रभावित भएको छ ।
एउटै कक्षाकोठामा धेरै विद्यार्थीलाई राखेर पढाउनुपर्ने भएकाले विद्यार्थी अढाई–तीन घण्टा अगाडि नै आउने गरेको बताएका छन् । बिहान १०:०० बजे पुग्नुको साटो बिहानै ७ः३० बजेदेखि आएर स्कुल अगाडिको मूल गेटमा बस्ने गरेका छन् । अगाडिका बेन्चमा बसेर पढ्न उकुसमुकुस (ठेलमठेल) हुने गरेको विद्यार्थीले बताएका छन् ।
अगाडि तथा बेन्चमा बस्न अढाई÷तीन घण्टा पहिला नै आएर विद्यालयको गेटमै विद्यार्थी लाइनमा बसेर विद्यालय खुल्ने प्रतीक्षा गर्ने गरेको कक्षा ६ की फूलकुमारी गुप्ताले बताइन् । कक्षा ६ मा ७० छात्रछात्रा रहेका छन् । एउटै कक्षामा धेरै विद्यार्थीलाई बसाएर पढाउँदा पछाडि बसेपछि अगाडिबाट शिक्षकले बोलेको कुरा बुझ्न कठिन हुने गरेकाले आफूहरू अगाडि बस्न विद्यालयको गेटमै लाइनमा लागेको कक्षा ८ मा अध्ययनरत रामनिवास कुशवाहाले गुनासो गरे ।
भोला माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत रहेको कुशवाहाले हाम्रो ८ कक्षामा अढाई सय बढी विद्यार्थी रहेकाले पछि आउने विद्यार्थीलाई बस्न बेन्चको अभाव हुने गरेकाले पहिलादेखि नै आएर लाइनमा बस्नुपर्ने बाध्यता भएको उनले बताए ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण