आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

मौसम पूर्वानुमानः आज मौसम सफा रहने, भोलि फेरि हिमपात

बिहीबार, २९ माघ २०७७, ०८ : १२
बिहीबार, २९ माघ २०७७

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमान जारी गरेको छ । 

महाशाखाले जारी गरेको मौसम पूर्वानुमानका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

महाशाखाले हाल हाल देशभर मौसम सामान्यतया सफा रहेको  र तराई तथा पहाडका केहि भूभागहरुमा हुस्सु र कुहिरो लागिरहेको जनाएको छ । 
 
यसैगरी, आज दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहने पूर्वानुमान छ । भने, बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

यस्तै, राति बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमानले गरेको पूर्वानुमानका अनुसार भोलि दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

भोलि राति सुदूर पश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप