निर्वाचन आयोगमाथि दबाब बढ्दै
राजनीतिकरुपमा विभाजित नेकपाको दुवै पक्षले आफू नै आधिकारिक रहेको दाबी गर्दै निर्वाचन आयोगमा दबाब बढाउँदै लगेका छन् । नेकपाको पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले आफ्नो पक्ष नै नेकपाको आधिकारिक रहेको दाबी गर्दै आयोगमा निवेदन दिइसकेपछि आयोगले त्यसबारे अध्ययन गरिरहेको छ । यस अवस्थामा दुवै पक्षले आफँहरु नै नेकपाको आधिकारिक रहेको जिकिर गर्दै आयोगलाई प्रत्यक्ष र परोक्षरुपमा दबाब बढाउँदै लगेका हुन् ।
नेकपाका प्रचण्ड र नेपाल पक्षले आयोगमा पुगेर आफ्नो पक्ष नैै आधिकारिक रहेको बताउँदै आएको छ । माघ २० गते आफ्नो पक्ष नै आधिकारिक रहेको जिकिर गर्दै नेकपाका प्रचण्ड, नेपाल र वरिष्ठ नेता झलनाथ खनालसहितको टोली आयोग पुगेको थियो । उनीहरुले केन्द्रीय कमिटीको दुई तिहाइ बहुमत आफ्नो पक्षमा भएकाले आधिकारिक पार्टी आफँहरू नै भएको जिकिर गर्दै अन्यथा नगर्न आग्रह गर्दै आएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली पनि मंगलबार आयोग पुगेर मनौवैज्ञानिक दबाब दिन शुरु गरेका छन् । प्रधानमन्त्री ओलीले त पार्टी दुइटा पक्षमा विभाजित भएको कुरालाई अस्वीकार गर्दै २०७५ साल जेठ ३ गते एकीकृत भएको पार्टीको अध्यक्ष आफै रहेको र पार्टीमा कुनै परिवर्तन नआएको आयुक्तसँग दाबी गरे ।
यसैबीच बुधबार राजधानीमा आयोजित प्रचण्ड र माधव पक्षको सभामा प्रधानमन्त्री ओली आयोग पुग्नुभएको घटनालाई लिएर आयोगलाई धम्क्याएको आरोप लगाइएको छ । सो अवसरमा नेकपा प्रचण्ड पक्षका अध्यक्ष माधवकुमार नेपालले पार्टीको विधान, दस्ताबेज, सकुर्लर र निर्णय हेर्न आग्रह गर्दै उनले त्यसमा पनि शंका छ भने ४ सय ४१ लाई बोलाएर एकएक व्यक्तिको टाउको गने हुने बताए ।
आज नेपाल समाचार पत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यो जित माराडोनाका लागि उपहार हो: लियोनल मेस्सी
-
विश्वकप मैदानमा राजनीति: अर्जेन्टिना विरुद्ध बेलायती मन्त्रीले गरे फिफामा उजुरी
-
पूर्वराष्ट्रपति रहमानको हत्या अभियोगमा ४ दशकदेखि फरार अभियुक्त पक्राउ
-
१० बजे १० समाचार : सम्पत्ति विवरण बुझाउनुपर्नेलाई राहत, एक्लियो एमाले
-
आगामी आर्थिक वर्षभित्र १२ वटा रणनीतिक प्रसारण लाइन सञ्चालनमा ल्याइने
-
पोखरा बसपार्क क्षेत्रका व्यापारिक संरचना हटे, सुकुमबासी व्यवस्थापन प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण