बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

कर्णालीका सामुदायिक वनमा काठ चोरी–पैठारी बढ्दो

बिहीबार, २९ माघ २०७७, १० : ४४
बिहीबार, २९ माघ २०७७

सुर्खेत ।  पछिल्लो समय कर्णालीका विभिन्न सामुदायिक वनहरुमा अवैध रुपमा काठको चोरी निकासी बढेको पाइएको छ । सामुदायिक वन उपभोक्ता समितिहरुको कमजोर निगरानी र वन कार्यालयहरुको फितलो अनुगमनका कारण अवैध रुपमा काठ चोरी निकासीका घटना बढेका हुन् । 

केही दिनयता मात्रै दैलेख र सुर्खेतका विभिन्न सामुदायिक वनहरुको काठ अवैध रुपमा ओसार–पसार गरिरहेको बेला बरामद गरिएको  छ । 
बुधबार साँझ ५ बजे सुर्खेत वीरेन्द्रनगर नगरपालिका – १० चुइयाँपानी नजिकै गोलखाडल सामुदायिक वनबाट गोलिया ६.९३ क्युफिट काठ र चिरान काठ १२.८६ गरी जम्मा १९.७९ क्युफिट काठ चोरी गरी चिरान गरेको काठ घरमा ल्याइ लुकाई राख्दै गरेको अवस्थामा बरामद गरिएको  छ । 

 सोही ठाउँका टेक बहादुर दर्लामी काठ लुकाइ राखेको  विशेष सूचनाको आधारमा जिल्ला प्रहरीका कार्यालय सुर्खेतकाट खटिएको प्रहरी टोलीले काठ बरामद गरेर सब वनडिभिजन कार्यालय दशरथपुरका रेन्जर घनश्याम चपाईको जिम्मा लगाएको प्रहरीले जनाएको   छ ।

  साथै प्रहरीले  लेकबेसी नगरपालिका–१० बस्ने टेक बहादुर दर्लामी दर्लामी, सोही ठाउँका दीपक दर्लामी, झमन खप्तडी, गोपाल पाण्डे, नबिन राना, बुद्धी छम्तेल रसुमन छम्तेललाई समेत नियन्त्रणमा लिएको छ। 
डिभिजन वन कार्यालय दैलेखले पछिल्ला तीन हप्तामा १ सय २५ क्यूफिट बढी चिरान र गोलिया काठ बरामद गरेको छ ।
वन कार्यालयले माघ ५ गते ६५.२९ क्युफिटका १ सय २४ थान चिरान काठ बरामद गरेको बताएको  छ । 

उक्त, परिमाणका काठ पश्चिम क्षेत्रमा पर्ने आठबिस नगरपालिका–१ नौखालबाट बरामद गरिएको डिभिजनल वन अधिकृत मुनबहादुर रावतले रातोपाटीलाई बताए । 
ट्याक्टरमा लोड गरी ओसार–पसार गरिरहेको अवस्थामा राति करिब साढे ९ बजे प्रहरी चौकी पाल्तडाको टोलीले काठ बरामद गरेको उनले बताए । 
अवैध रुपमा सालको काठ ओसार–पसार गर्ने चार जना माथि अनुसन्धान थालिएको डिभिजनल वन अधिकृत रावतको भनाइ छ।

यस्तै, माघ १७ गते चामुण्डाविन्द्रासैनी नगरपालिका–३ स्थित चौतारा स्याउले सामुदायिक वनबाट २० थान सालको चिरान काठ बरामद गरिएको थियो । वन कार्यालयका कर्मचारी र समुहका वन हेरालुको संयुक्त टोलीले १६ क्यूफिट चिरान काठ बरामद गरेको हो ।

सोही ठाउँबाट ५ थान अर्थात २६.७१ क्यू फिट गोलिया काठ बरामद गरिएको रावतले बताए । वनमा लुकाई छिपाइ राखेको अवस्थामा सालको काठ बरामद गरिएको हो । अवैध रुपमा सालको काठ राखेको आरोपमा सामुदायिक वन उपभोक्ता समितिका पूर्वअध्यक्ष समेत रहेका मनबहादुर विकलाई पक्राउ गरिएको छ ।

त्यसैगरी नारायण नगरपालिका–७ किंवुगाउँबाट समेत सालको काठ बरामद गरिएको छ । रावतका अनुसार १८.४६ क्यू फिट गोलिया काठ र दाउरा बरामद गरिएको हो । रुख काटिएको विषयमा थप अध्ययन, अनुसन्धान भईरहेको डिभिजनल वन अधिकृत रावतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप