बानेश्वर क्षेत्र तनावग्रस्त : प्रहरीको गाडीमा ढुंगामुढा, प्रदर्शनकारीमाथि लाठीचार्ज (तस्बिरहरु)
बिहीबार, २९ माघ २०७७, १८ : १३
राजधानीको नयाँ वानेश्वर क्षेत्र तनावग्रस्त भएको छ। नेकपा प्रचण्ड–नेपाल पक्षकी नेतृ रामकुमारी झाँक्री पक्राउको विरोधमा सो पार्टीसम्बद्ध युवा विद्यार्थीले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो ।
सो क्रममा प्रदर्शनकारीले प्रहरीको गाडीमा ढुंगामुढा गरेको छन् भने ढुंगामुढाबाट प्रहरीको एउटा गाडीमा क्षति पुगेको छ ।
यस्तै प्रहरीले स्थिति नियन्त्रणका लागि लाठीचार्ज गरेको छ ।
झाँक्रीलाई रिहाइको माग गर्दै युवा विद्यार्थीले प्रदर्शन गरेका हुन् । राष्ट्रपतिविरुद्ध अशोभनीय अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले बिहीबार नै झाँक्रीलाई पक्राउ गरेको थियो ।
तस्बिरहरु : सुवास श्रेष्ठ









खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भाषा र संस्कृति संरक्षणमा जुट्दै तनहुँका गुरुङ समुदाय
-
कीर्तिपुरका सुकुमबासी खरिपाटीमाः गाँसको टुंगो छैन, बालबालिकाको बिजोग
-
मुन्द्रा लुट्ने एक जना पक्राउ
-
क्युबामा देशव्यापी बिजुली कटौतीपछि आइतबारदेखि विद्युत आपूर्ति पुनर्स्थापना
-
सुस्तामा घरदैलोमार्फत नागरिकता विवरण सङ्कलन सुरु
-
बङ्गलादेशमा मनसुनी बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५० पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण