२०१६ पछि पहिलो पटक इबोलाका कारण मृत्यु, नर्सको अन्तिम संस्कारमा समावेश ४ को मृत्यु, ८ संक्रमित
पश्चिम अफ्रिकी देश गिनीमा इबोलाका कारण चारजनाको मृत्यु भएको छ । सन् २०१६ मा गिनीमा इबोलाका कारण पहिलो पटक मृत्यु भएको हो । एएफपीको रिपोर्ट अनुसार स्थानीय अधिकारी घटनाको विषयमा अत्यधिक चिन्तामा छन् र यसबारे अनुसन्धान भइरहेको छ ।
सन् २०१३ देखि २०१६ बीच संसारका थुप्रै देशमा इबोला महामारी फैलिएको थियो । संसारभरी इबोलाका कारण करिब ११ हजार ३ सयभन्दा बढीको मृत्यु भएको थियो । त्यसपछि इबोलाको भ्याक्सिन पनि तयार गरिएको थियो ।
गिनीको नजेरेकोर क्षेत्रमा इबोलाका कारण चार व्यक्तिको मृत्यु भएको हो । मृतकमा एक नर्स पनि छिन् जो जनवरीको अन्तिममा बिरामी भएकी थिइन् । फेब्रुअरीमा नर्सको अन्तिम संस्कार गरियो ।
पछि नर्सको अन्तिम संस्कारमा भाग लिने ८ व्यक्तिमा इबोलाको लक्षण देखिएको थियो । यीमध्ये तीन व्यक्तिको मृत्यु भएको छ र चार व्यक्तिलाई अस्पतालमा उपचार चलिरहेको छ ।
सन् २०१६ पछिदेखि विश्व स्वास्थ्य संगठनले इबोला महामारीमाथि कडा निगरानी गरिरहेको छ । हालै कंगोमा पनि इबोलाका संक्रमित भेटिएका थिए जसलाई डब्ल्यूएचओले इन्टरनेशनल इमर्जेन्सी घोषणा गरेको थियो । जनवरीमा भ्याक्सिन अलायन्स गविले इबोलालाई तुरुन्त रोक्नका लागि ६ लाख भ्याक्सिनको डोज इमर्जेन्सी प्रयोगमा लागि राखिएको जानकारी दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विजय मल्ललाई प्राप्त पुरस्कार
-
सरसफाइ नहुँदा सुक्न थाल्यो पर्सा निकुञ्जभित्रको हलखोरिया दह
-
विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीव्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप
-
संविधान संशोधनको बहस र राजनीतिक सहमतिको औचित्य
-
राष्ट्रिय पशुपन्छी अधिकार दिवस मनाइयो (तस्बिरहरु)
-
विभिन्न स्थानबाट लागूऔषधसहित २३ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण