बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

आइतबार, ०२ फागुन २०७७, १८ : ११
आइतबार, ०२ फागुन २०७७

सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका छन्  । आइतबार उनले राजीनामा घोषणा गरेको जानकारी गराएका हुन्  । मानन्धर मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत्र २८ गते नियुक्त भएका थिए  । राजनीनामा घोषणापछि उनले भने, ‘आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकोमा मैले आफुलाई गौरवान्वित ठानेको छु ।’

साथै मानन्धरले  ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकारप्रति सामाजिक सञ्जाल फेसबुकमार्फत हार्दिक आभार व्यक्त समेत गरेका छन्  ।  उनले आफ्नो निजी कार्यव्यस्तताका कारण आफुले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने भएकाले  पदबाट राजीनामा दिएको जानकारी गराएका छन्  । 

मानन्धरलाई  पूर्व प्रदेश प्रमुख दुर्गाकेशर खनालले  नियुक्त गरेका थिए ।  २०५२ सालदेखि अधिवक्ता भएर काम थालेका मानन्धर मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका पुनरावेदन आयोग सदस्य, नेपाल बार एसोसिएसन उच्च अदालतका सदस्य समेत हुन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप