सजिलो डाइन : क्यूआरबाट खानाको मेन्यू, सेकेन्डमै अडर !
काठमाडौँ । विश्व डिजिटलाइज हुँदैछ । अहिले हरेक क्षेत्र, काम कारबाहीदेखि मानव संसाधन, उपभोग गर्ने सेवा सुविधाहरुमा समेत डिजिटलाइजेसन (प्रविधीकरण) हुँदैछ । बढ्दो प्रविधि प्रयोगसँगै पछिल्लो समय मान्छे यान्त्रीकरण एवं प्रविधिसँग आकर्षित हुँदैछन् । यसको पछिल्लो उदाहरण हो– ‘सजिलो डाइन डट्कम’ ।
होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरुलाई लक्षित गर्दै सजिलो डाइन (Sajilo Dine) ले डिजिटल मेन्यू सफ्टवेयर ‘सजिलो डाइन डट्कम’ ल्याएको छ । उच्चतम प्रविधिको प्रयोग गर्दै कम्पनीले होटल तथा रेस्टुरेन्टमा खाना तथा नास्ता गर्न जाने क्लाइन्ट (उपभोक्ता) र सर्भिस (कम्पनी)लाई सहज हुनेगरी डिजिटल क्यूआर स्क्यानर मेन्यू उपलब्ध गराएको हो ।
यो मेन्यूमार्फत विद इन सेकेन्डमै ग्राहकहरुले होटल तथा रेस्टुरेन्टमा उपलब्ध परिकारको मेन्यू हेर्न र अडर गर्न सक्नेछन् भने कम्पनीले सोही बमोजिम अडरअनुसारको परिकार उपलब्ध गराउन सक्छन् ।
यो सुविधाले समयको बचतका साथै अनावश्यक झन्झट र मान्छे कुरिरहनुपर्ने बाध्यात्मक स्थितिको अन्य गर्ने कम्पनीको दाबी छ ।
‘आजको मान्छे छिटोभन्दा छिटो सेवाका साथ सन्तुष्टि पनि चाहन्छ । बिना झन्झट जसले सहज रूपमा छिटोभन्दा छिटो सेवा सुविधा प्रदान गर्छ त्यो नै अब्बल ठहरिन्छ । अझ होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रमा त यो अति नै आवश्यक छ । त्यसैले यसको एउटै विकल्प हो– सजिलो डाइन डट्कम ।’
सजिलो डाइनका सञ्चालक तथा व्यवस्थापक अनुपम गोयलले भने, ‘समयको माग र आवश्यकतालाई नै लक्षित गर्दै हामीले बजारमा सजिलो डाइन डट्कम ल्याएका छौँ । यो सफ्टवेयर होटल रेस्टुरेन्ट तथा रिसोर्ट सञ्चालक उपभोक्ता जोकोहीले सजिलै प्रयोग गर्न सक्छन् ।
त्यसो त सजिलो डाइन डट्कम होटल तथा रेस्टुरेन्टका लागि उपलब्ध गराइएको एक डिजिटल मेन्यू क्यूआर स्क्यानर हो । यसबाट ग्राहकहरुले सजिलै आफ्नो मोबाइलमार्फत क्यूआर स्क्यानर गरेर खानाका परिकार हेर्न र अडर गर्न सक्छन् । त्यसका लागि मोबाइल फोनमा जुनकुनै क्यूआर स्क्यानर भए पुग्छ ।
पछिल्लो समय बैङ्क, बिमा, स्कुल, सेवा क्षेत्र तथा सपिङ सेन्टरहरुमा डिजिटल क्यूआर स्क्यानरमार्फत भुक्तानी गर्ने चलन चलेको बेला होटल तथा रेस्टुरेन्टको मेन्यूसमेत क्यूआर स्क्यानरमा उपलब्ध गराइने प्रविधिको विकास भएको हो ।
गोयलका अनुसार यस्तो सुविधा जुनकुनै होटल, रेस्टुरेन्ट तथा हस्पिटालिटी क्षेत्रले प्रयोग गर्न सक्छन् । त्यसका लागि कम्पनीले न्यूनतम शुल्कमा नै सजिलो डाइन सुविधा प्रदान गरिरहेको छ ।
वार्षिक तीन हजार रुपैयाँमै कम्पनीले सुविधा प्रदान गरिरहेको छ ।

कम्पनीका अनुसार हालसम्म राजधानीका विभिन्न २३ वटा होटल, रेस्टुरेन्ट तथा विविध हस्पिटालिटी सेवा केन्द्रहरुले यस्तो सजिलो डाइन क्यूआर स्क्यानर प्रयोग गरिरहेका छन् ।
जसमा होटल तथा रेस्टुरेन्ट एट्टिज, अलिस, बेक स्टेसन, ब्रिक्स, बुनग्ल्वो, द बर्गर हाउस एन्ड कन्सी फ्राइड चिकन, क्याप्टेन एग, काभिर, डाइनिङ पार्क, फ्रेन्च बेकरी, ग्रिन भ्याल्ली, हिमालयन जाभा वसन्तपुर, होटल सब्रिना, जा अपस्टेयर्स, कपन भ्याली रिसोर्ट, मिला, टाइडविट्स, तिप्ती, पीपी पिज्जा महाराजगञ्ज, सन्ना, विन्टो, पीपी पिज्जा टङ्गाल लगायतका होटल तथा रेस्टुरेन्टहरुमा सजिलो डाइनको प्रयोग भइरहेको छ ।
नेपालकै पहिलो डिजिटल मेन्यू क्यूआर स्क्यानर
हालसालै बजारमा विभिन्न नाम गरेका डिजिटल मेन्यू क्यूआर स्क्यानरहरु उपलब्ध रहे पनि नेपालकै पहिलो र एड्भान्स क्यूआर स्क्यानर मेन्यू सजिलो डाइन नै रहेको कम्पनीले दाबी गरेको छ ।
गत वर्षको डिसेम्बरमै कम्पनीले सजिलो डाइन सफ्टवेयर निर्माण गरी बजारमा पठाइसकेकोमा पछिल्लो समय यसैको नक्कल गर्दै अन्य थुप्रै सफ्टवेयरहरुसमेत बजारमा आएको कम्पनीका मालिक अनुपम गोयलले रातोपाटीसँग बताए ।
‘अहिले बजारमा सजिलो डाइन जस्ता डिजिटल मेन्यू क्यूआर स्क्यानर सफ्टवेयर दर्जनौँको सङ्ख्यामा आएका छन् । तर यति भन्न सक्छौँ कि डिजिटल मेन्यू स्क्यानर सफ्टवेयरको अवधारणा ल्याउने हामी नै नेपालको पहिलो कम्पनी हौँ ।’
गोयलले भने, ‘पछिलो समय हाम्रो सिको गर्दै यस्ता दर्जनौँको सङ्ख्यमा प्रतिस्पर्धी कम्पनीहरु आएका छन् । तर उनीहरु भन्दा हामी अझ एड्भान्स छौँ ।
बजारका अन्य प्रतिस्पर्धी कम्पनीहरुले अहिलेसम्म मेन्यूमा अडरको सुविधा दिन सकेका छैनन् तर हामीले मेन्यूसँगै अडरको सुविधासमेत प्रदान गरेका छौँ । योमानेमा अरूभन्दा हामी थप एड्भान्स छौँ’ गोयलले भने ।
हाल बजारमा सजिलो डाइनसँगै खुकुरी रम, नाउँ द मेन्यू, फुडगन्ज, ह्यांला, नेट इभेन्ट लगायत दर्जनौँ दर्जन डिजिटल क्यूआर स्क्यानर मेन्यू सेवाहरु उपलब्ध छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाविरुद्ध इजिप्टको ऐतिहासिक जित प्यालेस्टाइनलाई समर्पित गरे
-
रोटरी नेपाल-भुटानको गभर्नरमा कार्कीले सम्हाले पदभार
-
विश्वकपमा चम्किएका भोजिन्हा, क्लबविहीन गोलरक्षक बने विश्वभर चर्चित
-
अन्तर्राष्ट्रिय सम्बन्ध उतार चढावमै बित्यो सरकारको १०० दिन
-
सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने
-
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण