शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
शिक्षा

प्रा.डा. भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी

शुक्रबार, १९ असार २०८३, १५ : ४७
शुक्रबार, १९ असार २०८३

काठमाडौँ । सरकारले प्रा.डा.भोला थापालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्त गर्ने तयारी गरेको छ । 

कुलपति समेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले त्रिविको उपकुलपतिमा प्रा.डा. थापालाई नियुक्त गर्ने तयारी गरेको स्रोतले बतायो । 'उहाँलाई नै उपकुलपति नियुक्त गर्नेगरी शाहले फाइनल गरिसक्नु भएको छ । अब कुनै नाटकीय ट्वीस्ट नआए उहाँले नै नियुक्ति पत्र पाउनु हुन्छ', शिक्षा मन्त्रालय स्रोतले बतायो । सम्भवत: आजै उपकुलपति नियुक्त गर्नेगरी तयारी भएको छ ।

सिफारिस समितिले प्रा.डा. थापासहित प्रा.डा.नन्दबहादुर सिंह र प्रा.डा.दुर्गादत्त पौडेलको नाम सिफारिस गरेको थियो । थापा यसअघि काठमाडौँ विश्वविद्यालयको उपकुलपति थिए । 

हाल त्रिविको निमित्त उपकुलपतिमा प्रा.डा. सुशील बज्राचार्यले जिम्मेवारी सम्हाल्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?