सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

फिल्म ‘पर्पला’मा चर्चित बेली डान्सर निखिला

मङ्गलबार, ०४ फागुन २०७७, १० : ५०
मङ्गलबार, ०४ फागुन २०७७

काठमाडौँ । अष्ट्रेलियामा बेली डान्सरको रुपमा चर्चित मोडल निखिला चपागाईँको नेपाली फिल्ममा डेब्यू गर्दैछिन् ।

हलिउड प्राविधिक र नेपाली फिल्मकर्मीको सहकार्यमा निर्मित नेपाली फिल्म ‘पर्पला’मा निखिला मुख्य भूमिकामा देखिन लागेकी हुन् । फिल्मको सम्पूर्ण छायाँकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ ।

डान्स र अभिनयमा पोख्त निखिला अष्ट्रेलियामा हुने विभिन्न इभेन्टहरुमा डान्स तथा कोरियोग्राफरका व्यस्त रहँदै आएकी छन् । विभिन्न फेसन शोहरुमा समेत व्यस्त निखिलाले आधा दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी छन् । यसैबेला  उनी अभिनेत्रीका रुपमा डेब्यू गर्न लागेकी हुन् ।

आरकेएस अष्ट्रेलिया, ओएमजी इन्टरटेनमेन्ट र ग्रिन हिल्स इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निमार्ण भएको ‘पर्पला’को प्रस्तुतकर्ता भानुप्रताप ढकाल हुन् । जो नेपाली फिल्मका चर्चित कलाकार पनि हुन् ।

फिल्म ‘पर्पला’मा रविन्द्रकुमार शर्मा, डम्बरबहादुर रसाइँली र छवि अधिकारीको निर्माण तथा सह–निर्मातामा सिर्जना लुहागुन, सरस्वती गौतम र भीमबहादुर रसाइँली रहेका छन् । 

फिल्ममा निखिलाका अवाला पुकार गौतम, रोजी पन्त, ओग्ला तामाङ, योगेश घिमिरे, पे्रक्षा अधिकारीलगायतको मुख्य अभिनय देख्न सकिनेछ । फिल्म सुरेन्द्र पौडेलले सम्पादन गर्दैछन् ।

‘पर्पला’को कथावस्तु मन परेकोले अभिनय फिल्म अभिनयमा डेब्यु गरेको निखिलाले बताइन् । फिल्मको कथा अष्ट्रेलियामा भएको रियल घटनामा आधारित रहेको उनले जानकारी दिइन् ।

झापाबाट पाँच वर्षअघि अष्ट्रेलिया पुगेकी निखिलाको हाइट, फिगर र सुन्दरताले समेत अभिनयमा साथ दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप