सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

‘देखे सन्ततीले, छलेको कहानी...’ उत्तमको अभिनय

बुधबार, ०५ फागुन २०७७, ११ : ३८
बुधबार, ०५ फागुन २०७७

काठमाडौँ । निशान भट्टराईको स्वर रहेको गीत ‘देखे सन्ततीले, छलेको कहानी...’ सार्वजनिक भएको छ । टीका भट्टराईको शब्द, नरेन्द्र प्यासीको संगीत र अमोस तामाङको एरेन्ज गीतमा रहेको छ ।

छोराछोरीले वृद्धाआश्रमसम्म कसरी पुर्‍याउँछन् भन्ने कथा गीतमार्फत सन्देश दिन खोजिएको छ । गीतको भिडियोमा बुहारीले वृद्धा आश्रमबाट घरमा फिर्ता लेराएको देखाइएको छ ।

दिनेश राज शर्माको निर्देशन रहेको गीतको भिडियोमा उत्तम केसी नेपाल, टीका भट्टराई नेपाल, झापाली कान्छा, देवीचरण भण्डारी निर्मला चौलागाई, प्रतिक नेपाललगायतको अभिनय देख्न सकिन्छ ।

झापाको कोटीहोम दोमुखा माइधार आसपासमा छायाँकन गरिएको गीतको भिडियोमा सन्तोष राना मगरको छायांकन तथा सम्पादन छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप