काँग्रेसको प्राथमिकता महाधिवेशन कि चुनाव ?
नेपलाी काँग्रेसले संसद विघटनको विरोध गर्दै दोस्रो चरणको आन्दोलन पूरा गरेको छ । फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरेको काँग्रेसले अब अर्को चरणको आन्दोलन गर्ने कि नगर्ने ? कुनै निर्णय गरेको छैन । दुई चरणमा वडा, प्रदेश निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र तथा प्रत्येक जिल्लामा विरोध प्रदर्शन गरको थियो । तर अहिलेसम्म आन्दोलन उसकै लागि बाध्यता जस्तै बनेको छ ।
सडकमा संसद् विघटनको विरोधमा नारा लगाए पनि नेताहरुले कार्यक्रममा खुलेर संसद् विघटन असंवैधानिक कदम भनेर भन्न सकेका छैनन् । दोस्रो चरणको आन्दोलनको कार्यक्रम अन्तरगत प्रत्येक जिल्लामा फागुन ३ गते भएको विरोध प्रदर्शनमा नेताहरुले आगामी चुनावको प्रचारसमेत गर्न भ्याए ।
काँग्रैस केन्द्रीय तहका नेताका अनुसार पार्टीभित्र उठेको संसद् विघटनको मद्दा चुनाव वा पार्टीको महाधिवेशन ? भन्ने प्रश्नसँग जेलिएको छ । सभापति शेरबहादुर देउवा समूह चुनावको सम्भावित नतिजालाई टेकेर पार्टीको बागडोर पुनः सम्हाल्ने उद्देश्यमा देखिन्छ भने इतर समूहले काँग्रेसभित्रको राज तोड्नका लागि चुनाव नभइ पार्टीको महाधिवेशनमा जानुपर्नेमा जोड गर्दै आएको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण