बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने सर्वोच्चको आदेश

बिहीबार, ३२ असार २०८३, २० : ४९
बिहीबार, ३२ असार २०८३

काठमाडौँ । सर्वोच्च अदालतको अवहेलनामा सम्पत्ति छानबिन आयोगका पदाधिकारीसँग लिखत जवाफ माग गर्ने आदेश भएको छ ।

अधिवक्ता प्रेमराज सिलवालले दायर गरेको अवहेलना मुद्दामा सर्वोच्चका न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुंगानाको इजलासले बिहीबार कारण देखाउ आदेश जारी गरेको हो । अध्यक्ष राजेन्द्रकुमार भण्डारी र सदस्यहरू पुरुषोत्तम पराजुली, चण्डीराज ढकाल, गणेश केसी तथा प्रकाश लम्साल र सम्पत्ति आयोगका नाममा सर्वोच्चले लिखित जवाफ माग्ने आदेश जारी गरेको हो ।

असार २६ मा भएको अन्तरिम आदेशको गलत व्याख्या गरेको भन्दै अधिवक्ता सिलवालले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए ।

न्यायाधीशद्वय टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको संयुक्त इजलासको आदेशको प्रतिकूल हुने गरी सम्पत्ति छानबिन आयोगले असार २९ गते प्रकाशित गरेको सूचना तथा कार्यबाट अदालतको आदेशको अवहेलना भएको भन्दै अधिवक्ता सिलवालले मुद्दा दायर गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप